शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • १४ बर्षको उमेरमा दृष्टिविहिन भए बिरु (भिडियाे सहित)

१४ बर्षको उमेरमा दृष्टिविहिन भए बिरु (भिडियाे सहित)

आर्थिक नहुदा उपचारमा समस्या

  • शुक्रबार, पुस ८, २०७९
१४ बर्षको उमेरमा दृष्टिविहिन भए बिरु (भिडियाे सहित)

टेक बहादुर बुढा–खप्तडछेडेदह गाउँपालिका ६ नाइना बस्ने ३० बर्षका बिरु बिष्ट आर्थिक नहुँदा आँखाको उपचारमा गर्न पाएका छैनन् । १४ बर्षको उमेरमा दुबै आँखा बन्द भएर दृष्टिविहिन बिरुले पैसा नहुदा उपचार गर्न नपाएको आमा जमना बिष्टले वताएकि छन् ।
कक्षा ६ मा पढदै गर्दा आँखा बन्द भएका थिए । उनि अहिले पुर्ण रुपमा आँखा नदेख्ने गरेका छन् । आँखा बन्द हुने बित्तिकै पैसा नहुदा उपचार गर्न पाएनन् । केही समय पछि चन्दा संकलन गरेर गेटा आँखा अस्पताल धनगढी उपचारमा लगेका थिए । त्यो बेला बायाँ आँखाले अलिअलि देख्ने गरेका थिए ।
गेटा आँखा अस्पतालले चश्मा दियो, चश्मा लगाएपछि अलि अलि देखिने आँखा पनि पुर्ण रुपमा बन्द भएको बिरुका बुवा गम्भीर बिष्टले वताएका छन् । दुबै आँखा पुर्ण रुपमा बन्द भएपनि थप उपचार गर्न पैसा नहुदा कतै लिन नसकेको बिष्टले वताए ।
चार बर्ष पहिला बुढिगंगा नगरपालिकाको टाँटे स्वास्थ्य चौकीमा आँखाको शिबिरमा बिरुलाई चेक जाँच गर्न आफन्तले लगेका थिए । शिबिरमा थप उपचारका लागि भैरहवा वा काठमाडौ लिन भनेका थिए । आर्थिक नहुदा कतै लिन नसकेर घरमै राखेको बुवा गम्भीरले वताए । छोराको उपचारका लागि धेरै ठाउँमा हारगुहार गरेको भएपनि कतै बाट सहयोग नपाउदा छोरा आँखा देख्न सक्छन कि भन्ने आश समेत टुटेको बिरुका बुवाले वताए ।
आँखा पुर्ण रुपमा बन्द भएपछि उनि घर बाहिर भित्र गर्न र शौचालय जानपनि समस्यामा परेका छन् । अरुको शाहारामा उनि घर बाहिर भित्र र शौचालय जाने गरेका छन् । १४ बर्षको उमेरमा उनि शंसार देखी रहेका थिए । डेढ घण्टा टाढा रहेको दशरथ माबिमा कक्षा ६ मा पढदै थिए । पढाइमा राम्रो रहेका बिरुलाई भबिष्यमा ठुलो मान्छे बन्ने आकंलन गरेका थियौ, आँखा बन्द भएपछि बिरुको भबिष्य अन्धकार भएको स्थानिय उर्जा बिष्टले वताईन् ।
बिद्यालय कक्षा कोठामा पढिरहेका बेला एकाएक बिरुका आँखा बन्द भएका थिए । दुबै आँखाले अलिअलि देख्न गरेका उनि अरुको साहारामा घर पुगेका थिए । त्यसको एक महिना पछि सामान्य ज्वरो आएको थियो, ज्वरो आएको एकदिनमा दायाँ आँखा पुर्ण रुपमा बन्द भएको बिरुले बताए । बायाँ आँखाले सामान्य देखी रहेको थियो, त्यो पनि पछि बन्द भएको उनले वताए ।
बिरुले भने एकपटक सुबिधा सम्पन्न अस्पतालमा उपचार गर्न पाए हुन्थ्यो । आँखा देख्न नदेख्ने मनको इच्छा थियो पुरा हुने थियो एकपटक काठमाडौ पुगेर आँखाको जाँच गर्ने रहर थियो, तर पैसा नहुदा घरमै थन्किएको बिरुले वताए । शुरुमा दृष्टिविहिन भएको भए त केही लाग्दैन थियो, बिचमा हुदा आफुलाइ एक्लो पन सँगै पैसा नभएर उपचार गर्न नसकेको भान भइरहेको बिरुले रुदै भने । गरिब भएर उपचार गर्न नसकेको उनले वताए ।

चर्चामा

सम्बन्धित समाचार