आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • चेतन हत्या प्रकरण :-नौ जना पुर्वपक्षका लागि कारागार चलान

चेतन हत्या प्रकरण :-नौ जना पुर्वपक्षका लागि कारागार चलान

  • मङ्लबार, पुस ५, २०७९
चेतन हत्या प्रकरण :-नौ जना पुर्वपक्षका लागि कारागार चलान

बाजुरा–त्रिवेणी ७ बस्ने चेतन अयडी हत्या प्रकरणमा प्रक्राउ परेका ९ जनालाइ पुर्वपक्षका लागी जिल्ला कारागार बाजुरा चलान गरेको छ । किटानी जाहेरी परेका २४ जना मध्ये ९ जनालाइ प्रहरीले प्रक्राउ गरि अदालत पेश गरेको थियो ।
मंगलबार जिल्ला अदालत बाजुराले थुन चेक आदेश मार्फत ९ जनालाई पुर्वपक्षका लागि कारागार चलान गरेको जिल्ला अदालत बाजुरा श्रेष्तादार पुष्पराज पाण्डेले बडिमालिका खबरलाइ बताएका छन् । सरकारी वकिल कार्यलय बाजुराले २४ जना बिरुद्ध जन्मकैद माग दाबी सहित जिल्ला अदालत बाजुरामा उजुरी दर्ता गरेको थियो ।
२४ जना मध्ये १० जना मात्र प्रक्राउ गरेको थिए । एकजना उपचारकाे क्रममा रहेकाले ९ जनालाइ मात्र अदालत पेश गरेकाे थियाे । बाँकि १४ जना फरार रहेको प्रहरीले जनाएको छ । जिल्ला अदालत बाजुराले बाँकि १५ जनालाइ ३५ दिन भित्र अदालतमा हाजिर हुन पत्रचार सँगै वारेन्ट जारि गरेको छ ।
मंसिर ४ गते भएको संघ र प्रदेशको चुनावको दिनमा काँग्रेसका एक कार्यकर्ताले मतपेटिका खोस्न खोज्दा उत्पन्न विवादपछि झडप हुँदा प्रहरीले गोली चलाएको थियो । मतदान केन्द्रमा सुरक्षाकर्मीले चलाएको गोली लागेर स्थानिय सञ्जिव अयडीको मृत्यु भएको थियो । सञ्जिवको छातिमा गोलि लागेर घटना स्थलमै मृत्यु भएको थियो । सञ्जिवको मृत्यु पछि चेतनको घरमा पुगेर चेतनलाइ कुटपिट गरि हत्या गरेका थिए ।

चर्चामा

सम्बन्धित समाचार