आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • अनेरास्ववियुद्धारा गरिएकाे बाजुरा बन्द फिर्ता

अनेरास्ववियुद्धारा गरिएकाे बाजुरा बन्द फिर्ता

  • मङ्लबार, पुस ५, २०७९
अनेरास्ववियुद्धारा गरिएकाे बाजुरा बन्द फिर्ता

बाजुरा–नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले  गरेकाे बाजुरा बन्द फिर्ता लिएकाे छ । अनेरास्ववियु बाजुराले यातायात, शैक्षिक संस्था, बजार र सरकारी तथा गैर सरकारी कार्यालय बन्द गरेकाे थियाे।
अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतनदिप अयडीका हत्यारालाई महिना वित्न लाग्दा समेत प्रहरीले पक्राउ नगरि चरम लापरबाही गरेकाे भन्दै बाजुरामा ४ गते देखी यातायात, शैक्षिक संस्था, सरकारी कार्यालय र बजार बन्द गराएकाे अनेरास्ववियुका लक्ष्मण राेकायाले बताएका छन् ।

अनेरास्ववियु बाजुराले एक बिज्ञप्ती मार्फत म‌गलवार साँझ ४ बजे बाट बन्द फिर्ता लिएकाे अनेरास्ववियु बाजुराका सह सचिब प्रेम नेपाली मार्फत जारि बिज्ञप्तीमा उल्लेख गरेकाे छ ।
चेतन ऐडीको न्यायको लागि ३ गतेबाट बाजुरामा यातायात सेवा अनिश्चितकालको लागि बन्द गरेकाे थियाे । गएकाे मंसिर ४ गते भएकाे प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका दिन साँझ घरमा सुतिरहेका चेतनलाई काँग्रेस कार्यकर्ताहरूले घरभित्रै गएर बीभत्स हत्या गरेकाे भन्दै चेतनका बुवा गगन अयडीले २४ जना विरूद्व जिल्ला प्रहरी कार्यालय बाजुरामा जाहेरी दिएका छन् ।
यता जिल्ला प्रहरी कार्यालय बाजुराले भने जाहेरीमा नाम उल्लेख भएका २४ मध्ये ९ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकाे बताएको छ ।

No description available.

चर्चामा

सम्बन्धित समाचार