आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • समाज
  • अनेरास्ववियु बाजुराद्धारा यातायात बन्द

अनेरास्ववियु बाजुराद्धारा यातायात बन्द

  • आइतवार, पुस ३, २०७९
अनेरास्ववियु बाजुराद्धारा यातायात बन्द

बाजुरा — बाजुरामा नेकपा एमाले निकट अनेरास्ववियु बाजुराले अनिश्रितकालका लागी यातायात बन्दको गरेको छ । आइतबार जिल्लाभरी यातायाता बन्द रहेका छन् । शनिबार प्रेस बिज्ञप्ति जारी गर्दै शनिबार ४ बजेबाट लागु हुने गरि यातायात बन्दको घोषणा गरिएको अनेरास्ववियुका सचिवालय सदस्य लक्ष्मण रोकायाले बताएका छन ।

अनेरास्ववियु केन्द्रीय कमिटी सचिवालय सदस्य चेतन अयडीका हत्यारालाई एक महिना बित्नै लाग्दा समेत प्रहरीले प्रक्राउ गर्न लापरवाही गरेको भन्दै अनिश्रितकालका लागी यातायत सेवा बन्द गर्न लागेको सदस्य रोकायाले बताएका छन ।

बिद्यार्थी नेता चेतन अयडीको न्यायको लागी आन्दोलन जारी रहने पनि अनेरास्ववियु बाजुराले जनाएको छ । साथै उक्त न्यायको आन्दोलनमा सम्पूणर् जिल्ला बासीहरुले सहयोग गरि दिन पनि अनेरास्ववियु बाजुराले अनुरोध गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार