बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा स्वास्थ्य अधिकार सुधार परियोजानाको समापन

बाजुरामा स्वास्थ्य अधिकार सुधार परियोजानाको समापन

  • शुक्रबार, पुस १, २०७९
बाजुरामा स्वास्थ्य अधिकार सुधार परियोजानाको समापन

 जिल्लामा सञ्चालित स्वास्थ्य सुधार परियोजनाको समापन गरिएको छ । कोरियाली अन्तराष्ट्रिय सहयोग नियोग (कोइका) र गुड नेवर्स इन्टरनेशनलको आर्थिक सहयोगमा संचालित परियोजना आजबाट समयाअवधी सकिएको जनाएको छ ।

उक्त पयिोजना २०२० बाट बाजु्राका ३ नगरपालिका र २ गाउँपालिकामा संचालन गरिएको थियो । शुक्रबार एक औपचारिक कार्यक्रमको आयोजना गरि उक्त परियोजनाको समायाअवधी सकिएको गुड नेर्वस इन्टरनेश्नलका परियोजना संयोजक देबेन्द्र शाहले बताए ।

विगत ३ बर्षदेखि जिल्लाका ५ वटा पालिकामा उक्त परियोजनाले महिनावारी स्वच्छता व्यावस्थापन सम्बन्धि विभिन्न सचेतना मुलक कार्यक्रम सञ्चालन गर्दै आएको थियो । पिसविन नेपालका अध्यक्ष बिमला थापाको अध्यक्ष्यतामा सुरु भएको समापन कार्यक्रमका प्रमुख अथिति जिल्ला समन्वय समिति बाजुराका प्रमख तुलसिराम रोकाया रहेका थिए ।

त्यस्तै अथितिमा बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का, बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँ बडिमालिका नगरपालिका उप प्रमुख नन्दा थापा, त्रिवेणी नगरपालिकाका नगरउप प्रमुख कमला न्यौपाने लागयत रहेका थिए । त्यस्तै गौमुल गाउँपालिकाका कार्यवाहक अध्यक्ष कलक सिहं, सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र बिष्ट, खप्तड छेडेदह गाउँपालिकाका कार्यवाहक अध्यक्ष खगेन्द्र रावत, बाजुरा क्याम्पस निमित्त क्याम्पस प्रमुख रुपक रौले, नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराका अध्यक्ष छक्क मल्ल लगायत अन्य अथितिहरु रहेका थिए ।
समापन कार्यक्रम समारोहमा बोल्दै प्रमुख अथिति तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले भने परियोजना लागु भइ सकेपछि परियोजना लागु भएका बिद्यालयमा महिनावारी भएको बेलामा उनीहरुलाई सहजै प्याड प्रयोग गर्न, विसर्जन गर्न मिल्ने,सरसफाई गर्न मिल्ने र दुखाई भयो भने औषधी खाने यो सुविधा देख्न पाइएको बताएका छन ।

उक्त परयिोजनाले तिन बर्षको छोटो अवधिमा पनि सरकारले गर्ने नसकेको काम गरेर समाजमा आमुल परिवर्तन गरेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख राम बहादुर बानियाले बताए । परियोजनाले महिनावारी स्वच्छता व्यावस्थापनमा सकारात्मक परिवर्तन गरको र स्थानिय सरकाले पनि थप केहि त्यस सम्बन्धि योजना बनाई काम गर्नु पर्ने बडिमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्काले बताए । आजबाट उक्त परियोजनाको समापन नगरपालिकाले विभिन्न सचेतनामुलक कार्यक्रमका साथै आगामी दिनहरुमा सक्रियताका साथ काम गर्ने नगरप्रमुख खड्काले प्रतिबद्धता समेत व्यक्त गरेका छन ।

उक्त समापन समारोहमा बोल्दै बडिमालिका नगरपालिकाकी नगर उपप्रमुख नन्दा थापाले उक्त परियोजना जिल्लामा लागु भईसकेपछि महिनावारी स्वच्छता व्यावस्थापनमा आमुल परिर्वतन भएको बताएकी थिइन । छात्राहरुले महिनावारी भएको वेला बिद्यालय समेत छोड्नु पर्ने अवस्थाको अहिले त्यस अबस्थाको उन्मुलन भएको बताइन ।

त्यस्तै मष्टेश्वरी माविका प्रधानाध्यापक जनक रावलले भने उक्त परियोजनाले जिल्लाका पाँच वटा पालिकाका ४० वटा बिद्यालयमा किशोरी क्लव गठन गर्नुका बिद्यालयमा छात्रामैन्त्री शौचालय निर्माण हुदा महिनावारी भएको समयमा पनि सहजै विद्यालय आएर सहज वातावरणमा पढ्ने अवस्था भएको बताए । उक्त समापन समारोहमा पिसविन बाजुराका सल्लाहाकार लाल बहादुर ओलीको स्वागत मन्तव्यबाट सुरु भएको समारोहमा कोइका कार्यक्रमका प्रबन्धक आराली, गुड नेवर्स इन्टरनेशनलका देशीय निर्देशक जे क्युङ रो, निर्देशक ईश्वरमान श्रेष्ठ, स्वास्थ्य बिभागका रामनरेश यादव, कार्यससमिति सदस्य अमोद पौडेल, किर्डाक नेपालका डाइरेक्टर गोविन्द शाही, विभिन्न बिद्यालयका प्रधानाध्यापक, फोकल शिक्षक, धामीझार्की किशोरी समुहका सदस्य लगायत पत्रकारहरुको उपस्थिति रहेको थियो । समारोहको सञ्चालन सरिता नेपालीले गरेकी थिइन ।

चर्चामा

सम्बन्धित समाचार