आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा आउने एमडिजिपी डाक्टर रोक्न बझाङका सांसद भानुभक्त जाेशी सक्रिय

बाजुरा आउने एमडिजिपी डाक्टर रोक्न बझाङका सांसद भानुभक्त जाेशी सक्रिय

  • शुक्रबार, पुस १, २०७९
बाजुरा आउने एमडिजिपी डाक्टर रोक्न बझाङका सांसद भानुभक्त जाेशी सक्रिय

बाजुरा — बाजुरामा झन्डै ६ वर्षदेखि एमडिजीपी चिकित्सक छैनन्। अनिवार्य आवश्यकता भन्दै पटक-पटक स्वास्थ्य मन्त्रालयमा पहल गरिएको अध्यक्ष मान बहादुर कार्की बताउँछन्। अध्यक्ष कार्की र बडिमालिका नगरपालिका प्रमुख अमर खड्काले पटक-पटक स्वास्थ्य मन्त्रालयलाई दबाब दिएपछि मन्त्रालयले एकजना एमडिजिपी डाक्टर पठाउने निर्णय गरेको छ।

निक साइमन इन्सिच्युटको सहयोगमा अध्ययन गरेका डाक्टर प्रेरित देवकोटालाई बाजुरा अस्पताल सरुवा गरेर बाजुरा पठाउने निर्णय गर्याे ।  बाजुरा आउनका लागि उनले यस अघि कार्यरत अस्पतालबाट बिदा लिएर बाजुराको नियुक्ति बुझे। तर डा देवकोटाको सरुवा भएको जानकारी पाउने बित्तिकै जिल्ला अस्पताल बाजुरामा प्रमुख रहेका डा मिलन जोशी रोक्न सक्रिय देखिएका छन्। जोशीले आफ्ना नातेदार रहेका बझाङबाट निर्वाचित एकीकृत समाजवादीका सांसद भानुभक्त जोशी मार्फत देवकोटालाई रोक्न दबाब दिएकाे  बुझिएकाे छ ।

दक्ष तथा आफूभन्दा वरिष्ठ चिकित्सक आउँदा आफ्नो हाली मुहाली नहुने भन्दै डाक्टर जाेशी डा देवकोटालाई रोक्न सक्रिय अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी बताउँछन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले पनि देवकोटाको सरुवा रोक्न आफूलाई माथिल्लो तहबाटै दबाब आउन थालेको बताए। उनले भने, ‘सरुवा रोक्न दबाब आएको छ। तर दुर्गममा जान तयार डाक्टरलाई रोक्नुहुँदैन भनेर हामीले भनिरहेका छौं। उहाँलाई हामीले पत्र दिइसकेकाले जानुहुन्छ।’

यसअघि पनि एकजना डाक्टर जिल्ला जान तयार भएपनि डा जोशीले रोक्न लगाएका थिए। यसैगरी स्वास्थ्य मन्त्रालयले बाजुरा खटाएका एक डाक्टरले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालको पावर लगाएर अन्तै सरुवा मागेका थिए। हाल बाजुरा सरुवा भएका एमडिजिपी डाक्टर देवकोटा पुस २ गते काठमाडौंबाट बाजुरा आउने बताएका छन। नेपाल लाइभबाट

चर्चामा

सम्बन्धित समाचार