सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बडिमालिका
  • हप्ता दिन देखी जिल्ला अस्पताल बाजुरा आकस्मिक प्रसुती सेवा बन्द

हप्ता दिन देखी जिल्ला अस्पताल बाजुरा आकस्मिक प्रसुती सेवा बन्द

  • शुक्रबार, पुस १, २०७९
हप्ता दिन देखी जिल्ला अस्पताल बाजुरा आकस्मिक प्रसुती सेवा बन्द

बाजुरा —  जिल्ला अस्पताल बाजुरामा एक हप्ता दिन देखि आकस्मिक प्रसुती सेवा भन्द हुने सेवा ग्राहीलाई समस्या भएको छ । आकस्मित प्रसुती सेवा तालिम प्राप्त चिकित्सक सबै बिदामा हुदा आकस्मिक प्रसुती सेवा एक हप्ता देखि बन्द भएको जिल्ला अस्पताल बाजुराले बताएको छ ।
बिहीबार गौमुल गाउँपालिका ३ माँझपालि की २१ बर्षिय भाँग्य चदारालाई गौमुलबाट रिफर गरेर जिल्ला अस्पताल रिफर गरेको थियो । अस्पतालमा आकस्मित प्रस्तुति सेवा बन्द रहेको भन्दै अछामको मयालपाटा अस्पताल रिफर गर्यो । भाग्यले अछाम बयालपाट नपुग्दै बुढीगंगा नगरपालिकाको बार्जुगाड नजिकै बाटोमै बच्चा जन्माएकी गौमुल गाउपालिकामा कार्यरत अनमी रमा रोकायाले बताईन ।
अस्पताल बाजुरामा आकस्मिक प्रसुति सेवा भएपनि १ हप्ता यता चिकित्सक नहुदा जटिल खाले गर्भवती आमालाई रिफर गर्ने गरेको थियो । अस्पताल बाजुरामा तालिम प्राप्त चिकित्सक भएको भए भाग्यले बाटोमा बच्चा नजन्माउनु पर्ने अनमी रमाले वताईन् ।
तालिम प्राप्त चिकित्स डा. सुनिल कमार शाह, डा. बिपुल चौधरी र डा. जस्मिता बलमपाकी बिदामा गएपछि अस्पताल बाजुरामा आकस्मिक प्रसुति सेवा बन्द भएको हो । अस्पताल बाजुरामा कार्यरत डा. दिपेन्द्र बुढाले भने काठमाडौ परिक्षाको लागि बिदामा गएपछि सेवा अबरोध भएको वताए ।
बाजुरामा ३ बर्ष यता ८ जना सुत्केरीको मृत्यु भइसकेको छ । गर्भवती भएपछि नियमित गर्भजाँचको कमि र समयमै सुत्केरी गराउन स्वास्थ्य संस्था नपुगाउदाको परिणाम रहेको बडिमालिका नगरपालिका स्वास्थ्य शाखा प्रमुख टेक बहादुर खड्काले वताए । अर्को सुत्केरी भएको बेला आराकम गर्नुपर्ने, पोषिलो खानेकुरा नखाने, कडा परिश्रमले सुत्केरी महिला ज्यान गुमाउने गरेको उनले वताए । बाजुरामा तथ्याङ्क कुनै नभएपनि एक महिना एक देखी दुई जना महिलाले बाटोमै बच्चा जन्माउने गरेको खडकाले वताए ।
जिल्ला अस्पतला बाजुराका प्रमुख मिलन जोशीका अनुसार २ जनाको आज परिक्षा भएकोले केही दिनमा आउने र डाक्टर सुनिल कुमार शाह आजै काडमाण्डौबाट हिडिसक्नु भएकोले आज साझै पुग्ने बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार