बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • न्यू भिजन सहकारीको १९ औँ साधारण सभा सुरु

न्यू भिजन सहकारीको १९ औँ साधारण सभा सुरु

  • शुक्रबार, मंसिर २३, २०७९
न्यू भिजन सहकारीको १९ औँ साधारण सभा सुरु

बाजुरा — जिल्लाको त्रिबेणी नगरपालिकामा रहेको न्यू भिजन बचत तथा रिण सहकारी संस्थाको १९ औँ साधारण सभा सुरु भएको छ । सहकारीका अध्यक्ष मन बहादुर थापाको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सहकारीले हाल सम्म गरेका कामहरु र आगामी दिनमा सहकारीले  गर्ने कार्यहरु समिक्षा गरिएको छ । त्रिवेणी न.पा ९ ताम्सुमा रहेको न्यू भिजन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १९ औं बार्षिक साधारण सभा उद्घाटन कार्यक्रमको प्रमुख अथिती त्रिवेणी नगरपालिकाका नगर प्रमुख कर्ण बहादुर थापा रहेका थिए ।
अथिति सोही नगरपालिका ९ का वडा अध्यक्ष नँन्द बहादुर थापा पार्वती माध्यमिक विद्यालयका व्यवस्था अध्यक्ष धर्म नेपाली सहकारी शेयर सदस्य लगाएत २०० भन्दा बढी सहारीका सदस्यहरुको उपस्थिती रहेको थियो । सहकारीले यस अघि गरेका कामको समिक्षा गर्नुका साथै आगमी कार्यक्रमहरुका बारेमा समिक्षा तथा कार्यक्रम प्रस्तुत गरिएको थियो ।
कार्यक्रमको स्वागत मन्तव्य सल्लाहकार समिति संयोजक नन्द बहादुर थापाले राखेका थिए भने कार्यक्रमको संचालन संस्था सचिव पारश थापाले गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन संस्था अध्यक्ष मन बहादुर थापाले गरको थिए । सो सहकारी २०६१ सालमा ५० जना शेयर सदस्यबाट सुरू भएको सहकारीका अध्यक्ष मन बहादुर थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार