आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • माओवादीका उम्मेदवार कर्ण बहादुर बिकको धरौटी जफत

माओवादीका उम्मेदवार कर्ण बहादुर बिकको धरौटी जफत

  • शुक्रबार, मंसिर २३, २०७९
माओवादीका उम्मेदवार कर्ण बहादुर बिकको धरौटी जफत

बाजुरा–बाजुराका प्रदेश क बाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका कर्ण बहादुर बिकको धरौटि जफत भएको छ । कुल सदर मतको दश प्रतिशत मत ल्याउनुपर्ने रहेको हुन्छ ।
बिकले १० प्रतिशत मत नल्याएपछि उनको धरौटि जफत भएको जिल्ला निर्वाचन कार्यलय बाजुराले जनाएको छ । विकले १ हजार ९८ मत ल्याएका थिए । प्रदेश क मा २१ हजार २ सय १० मत खसेको थियो । ५ सय बदर भएको थियो ।
प्रदेश कमा सदर मत २० हजार ७ सय ३ रहेको थियो । सदर मतको १० प्रतिशत २ हजार ७० हुन्छ । बिकले १० प्रतिशत मत नल्याएपछि ५ हजार धरौटि जफत भएको जिल्ला निर्वाचन अधिकारी नवराज अबस्थिले वताएका छन् । विकलाइ शुरुमा गठबन्धन बाट टिकट दिएको प्रचार भएपनि बाजुरा काँग्रेसले समाजवादीका नरेश बहादुर शाहीलाइ सहयोग गरेको थियो ।
प्रदेश क बाट एकिकृत समाजवादीका नरेश बहादुर शाही बिजयी भएका छन् । उनले १० हजार ९ सय ७३ मत ल्याएका हुन् । उहाँको निकटत प्रतिद्धन्द्धि नेकपा एमालेका बल्देब रेग्मिले ८ हजार ६ सय ३२ मत ल्याएका थिए ।

चर्चामा

सम्बन्धित समाचार