आइतवार, बैशाख २३, २०८१
  • होमपेज
  • राजनीति
  • एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

  • शुक्रबार, मंसिर २३, २०७९
एमालेको सचिवालय बैठक बस्दै, समानुपातिक सांसदको टुंगो लगाउने

नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । एमालेका प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले समसामयिक राजनीतिक विषयवस्तुमा छलफल गर्न बैठक डाकिएको जानकारी दिए ।

उनका अनुसार बैठकमा समानुपातिकतर्फका सांसदको छनोट, निर्वाचन समीक्षालगायतका विषयमा छलफल गरिने छ ।

निर्वाचन आयोगले बुधबार राजनीतिक दललाई पत्र पठाउँदै समानुपातिकतर्फको सांसदको नाम पठाउन निर्देशन दिएको छ । एमालेले प्रतिनिधिसभाको समानुपातिकतर्फ ३४ सिट प्राप्त गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार