मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • यहां जनताहरू अनगिन्ती सवाल गर्छन

यहां जनताहरू अनगिन्ती सवाल गर्छन

  • बुधबार, मंसिर २१, २०७९
यहां जनताहरू अनगिन्ती सवाल गर्छन

माथिका नेतापनि केहो के बबाल गर्छन,
यहां जनताहरू अनगिन्ती सवाल गर्छन।

आफु संग न सिंङ्ग छ न पुच्छुर के गरौं,
बोली व्यवहारमा पनि फालाफाल गर्छन।

अहिलेपनि सरकार बनाउंदा केही होला,
आसा त नगर्नु उन्ले नौलो कमाल गर्छन।

आलोपालो सरकारको स्वाद लिनेहरूले,
केथा मन्त्रीहरू कसरी पाला पाल गर्छन।

आज संघियता ले नौवटा सम्सद बनायो,
त्यसैले त रिणकै माग प्रतेक साल गर्छन।

देश धितोराखी रिन लिन्छन नेताहरू सधै,
जतिपटक सरकार बन्छ उही चाल गर्छन।

चर्चामा

सम्बन्धित समाचार