शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • गौमुलका दुर्गम गाउँमा चिकित्सक सेवा

गौमुलका दुर्गम गाउँमा चिकित्सक सेवा

  • बुधबार, मंसिर २१, २०७९
गौमुलका दुर्गम गाउँमा चिकित्सक सेवा

टेक बहादुर बुढा–गौमुल गाउँपालिकाले दुर्गम गाउँमा चिकित्सक सेवा सञ्चालन गरेको छ । गाउँमै चिकित्सक सहित स्वास्थ्यकर्मी पुगेर उपचार शुरु गरेको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले वताएका छन् । पालिकाले दुर्गम गाउँमा स्वास्थ्यकर्मी पठाएर सेवा सुचारु गरेको हो ।
रोगका कारण अस्पताल सम्म पुग्न नसकेका र वर्षौदेखि उपचारबाट बञ्चित भएका नागरिकलाई सहज उपचार सेवा प्रदान गर्ने उद्देश्य सहीत चिकित्सक सहितको टोलि गाउँमै पुगेका हुन् । गौमुल गाउँपालिका धेरै गाउँ भौगोलिक बिकटताले निकै टाढा रहेका छन् ।
गाउँमै एकिकृत शिविर सञ्चालन गरि बिभिन्न स्वास्थ्य सेवा दिईन थालिएको गौमुल गाउँपालिका स्वास्थ्य संयोजक हरिशचन्द विकले बताएका छन् । गाउँपालिकाको समन्वय र स्वास्थ्य शाखाको आयोजनामा गाउँ गाउँमा पुगेर एकिकृत घुम्ती शिविर सञ्चालन गरिएको उनले बताए । बिशेष गरेर स्वास्थ्यको पहुँच भन्दा टाढा रहेका नागरिकलाइ सेवा दिने उद्देश्य रहेको वताए ।
आर्थिक अवस्थाले अस्पताल सम्म आउन नसकेका र विभिन्न समस्याले गर्दा लामो समयमा पनि रोग पालेर बसेका नागरिकलाई लक्षित गरि गाउँ गाउँमा चिकित्स सहित स्वास्थ्यकर्मी पठाएको गाउँपालिका उपाअध्यक्ष सिता थापाले वताईन् । गौमुल गाउँपालिका–१ अम्लिस बस्ने गिठे रोकाया अस्पताल टाढा भएकाले जान सकेका थिएन्, जब गाउँमै चिकित्सक पुगेपछि उपचार पाएको वताए ।
घट्मुना आधारभूत स्वास्थ्य केन्द्रका डाक्टर रामानुज हाथी सहितको स्वास्थ्यकर्मीको टोलि गाउँगाउँमा पुगेर स्वास्थ्य परीक्षण गरिएका छन् । स्वास्थ्य परिक्षण सँगै उपचार गर्ने गरिएको छ । स्वास्थ्यकर्मीको टोलिले गर्भवती आमाको अल्ट्रासाउन्ड गर्ने गरिएको छ । गर्भवती आमा र बच्चाको अबस्थाको बुझन् घरमै पुगेर अल्ट्रासाउन्ड सेवा दिइएको स्वास्थ्यकर्मीले वताए । जोखिम गर्भवती आमालाई सुबिधा सम्पन्न अस्पतालमा सुत्केरी सेवाका लागि रिफर गर्ने अनमि लक्ष्मि रोकायाले वताईन् ।
गौमुल गाउँपालिका १ अम्लिस गाउँमा मात्र ७ जना गर्भवती आमाले अल्ट्रासाउन्ड सेवा लिएका छन् । ७ जना आमाको पाठेघर सम्बन्धि स्वास्थ्य समस्या भेटिएको स्वास्थ्यकर्मीले वताए । बर्षौदेखी समस्या भोग्दै आएपनि गाउँमा स्वास्थ्यकर्मी पुगेपछि पहिलो पटक जाँच गराएको वडा अध्यक्ष देब बहादुर रोकायाले वताए । गाउँमा पुगेका स्वास्थ्यकर्मीले उपचार सँगै परिवार नियोजनको सेवा समेत दिइरहेका छन् ।
ग्रामीण भेगमा स्वास्थ्य सेवाको पहुँच अझै विस्तार हुन नसक्दा विभिन्न रोगको समस्या जटिल रहेकाले समय–समयमा गाउँपालिकामा यस खालका शिविर सञ्चालन गरिदै आएको अध्यक्ष हरिबहादुर रोकायाले बताएका छन् । प्रत्येक महिना महिना दुर्गम गाउँमा चिकित्सक सहितको टोलि पठाएर सेवा दिने रोकायाले वताए ।
गाउँमै स्वास्थ्यकर्मीको टोली पुगेपछि स्थानीयलाई उपचारमा सहज पुगेको छ । भने निःशुल्क शिविर सहीतको स्वास्थ्यकर्मीको टोली गाउँमै पुगेपछि रोगले थला परेका विरामीहरु उपचार पाउने भएपछि खुशी समेत भएका छन् । बाजुरामा डाक्टर नहुने समस्या झेलिरहेका बासिन्दा गाउँमै चिकित्सक पुगेर सेवा पाउँदा स्थानिय निकै खुशी भएका छन् ।

चर्चामा

सम्बन्धित समाचार