शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • समाज
  • ८ बर्ष सम्म पनि बनेन बाजुराकाे जयबागेश्वरी स्वास्थ्य चौकि

८ बर्ष सम्म पनि बनेन बाजुराकाे जयबागेश्वरी स्वास्थ्य चौकि

ठेकेदारको चरम लापरबाही

  • मङ्लबार, मंसिर २०, २०७९
८ बर्ष सम्म पनि बनेन बाजुराकाे जयबागेश्वरी स्वास्थ्य चौकि

बाजुरा–बाजुराको खप्तडछेडेदह गाउँपालिका २ मा रहेको जयबागेश्वरी स्वास्थ्य चौकि निर्माण शुरु भएको ८ बर्ष सम्म पनि बन्न सकेको छैन् । २०७२ साल मंसिर १३ गते २ बर्षमा काम सम्पन्न गर्ने गरि सम्झौता भएपनि ८ बर्ष वितिसक्दा पनि निर्माण सम्पन्न नभएको स्वास्थ्य चौकीले जनाएको छ ।
१ करोड ६९ हजार १६ हजार ५ सय ३२ रुपैयामा यम.के÷देबि सिंह जे.भि धनगढीले सम्झौता गरेर काम शुरु गरेको थियो । काम गर्ने सम्पर्क ब्यक्ति भने त्यहाँका स्थानिय बम बहादुर शाहि रहेको कार्यलयले जनाएको छ । सम्झौताका बेला २०७४ मंसिर १३ गते सम्पन्न गर्ने गरि भएको थियो । तर ठेकेदारको लार्पवाहिका कारणले अहिले सम्म पनि काम सम्पन्न नभएको पाईएको छ ।
भवन निर्माण संघिय सरकार अन्तर्गत सघन सहरि तथा भवन निर्माण आयोजना राजपुर डोटि बाट काम शुरु भएको हो । कार्यलयका एक कर्मचारीका अनुसार काम गर्ने ठेकेदारले व्यवास्था गरेका कारण भवन निर्माण अलपत्र रहेको वताएका छन् । हामीले पटक पटक ताकेता गर्दा पनि वेवास्ता गरेको कार्यलयले जनाएको छ । हामी पनि भन्दा भन्दा थाकि सक्यौ, ठेकेदार पनि काम गर्दैन्न, न कार्यवाहि हुन्छ न केही एक कर्मचारीले वताए ।
सघन सहरि तथा भवन निर्माण आयोजना कार्यलयले चार पटक म्याद थप गर्दा पनि काम नगरेको वताएको छ । तिन पटक म्याद थप गर्दा पनि काम नभएपछि अहिले २०७९ असार मसान्त सम्म काम सम्पन्न गर्ने गरि म्याद थप गरेको सघन सहरि तथा भवन निर्माण आयोजना कार्यलयका सबइन्जिनियर मदन भट्टले वताए । ठेकेदार स्थानिय छन्, तर पनि काममा वेवास्ता गरिरहेको कार्यलयले वताएका छन् ।
भवन निर्माण नहुदा स्वास्थ्य चौकि जिर्ण भवनमा सञ्चालन भइरहेको स्वास्थ्य चौकि ईन्चार्ज बद्रि सुनारले वताएका छन् । पुरानो चुहिने घरमा बिरामीको उपचार भइरहेको छ । प्रसुति सेवा देखी उपचार चेकजाँच एउटै कोठामा गर्नुपरेको उनले वताएका छन् । स्थानिय धर्म बुढाले भने पटक पटक हामिले चाडो बनाउनका लागि कुरा गरयौ, स्थानिय तह प्रशासनलाई भन्दा पनि भवन निर्माणमा वेवास्ता भइरहेको वताए ।
जयबागेश्वरी स्वास्थ्य चौकि साबिकको जगबागेश्वरी गाबिसको उपचार गर्ने एक मात्र स्वास्थ्य चौकि रहेको छ । दैनिक उपचारका लागि २० जना भन्दा बढी आउने गरेको स्वास्थ्य चौकिले वताएको छ ।
२०६८ सालको जनगणना अनुसार जयबागेश्वरीमा ४ सय ७३ घर परिवारका २ हजार ५ सय १२ जनसंख्या रहेको छ । उनिहरु सबैको उपचार गर्ने एक मात्र स्वास्थ्यचौकि जयबागेश्वरी स्वास्थ्य चौकि रहेको छ । समयमै भवन निर्माण नहुदा उपचार सेवा समेत प्रभाबित भएको छ ।

चर्चामा

सम्बन्धित समाचार