सोमवार, बैशाख २४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुरा प्रदेश (क) मा नेकपा एकिकृत समाजबादीका उम्मेदवार नरेश शाही बिजयी

बाजुरा प्रदेश (क) मा नेकपा एकिकृत समाजबादीका उम्मेदवार नरेश शाही बिजयी

  • शनिबार, मंसिर १७, २०७९
बाजुरा प्रदेश (क) मा नेकपा एकिकृत समाजबादीका उम्मेदवार नरेश शाही बिजयी

बाजुरा–  बाजुरा प्रदेश (क) का नेकपा एकिकृत समाजवादीको तर्फबाट उम्मेदवार बनेका नरेश शाही बिजयी भएका छन । बाम लोकतान्त्रीक गठबन्धन बाट प्रदेश क को उम्मेदवार रहेका शाहीले  १० हजार ९ सय ७३   मत ल्याएर बिजयी भएका हुन । उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार बल्देव रेग्मीले ८ हजार ६ सय ३२  मत प्राप्त गरी पराजित भएका छन । त्यसै गरी बाम लोकतान्त्रीक गठबन्धनबाट मित्रवत प्रतिस्प्रधामा रहेका नेकपा माओबादी केन्द्रका उम्मेदवार कर्ण बहादुर विक (केशव) ले १ हजार ९८ मत प्राप्त गरेका छन । राष्ट्रिय युवा संघका केन्द्रिय अध्यक्ष समेत रहेका शाहीलाई काँग्रेसले सर्मथन गरेको थियो ।

चुनावी प्रचारप्रसारका क्रममा उनको मुख्य एजेण्डा गरिबि न्युनिकरण गर्ने रहेको थियो । बाजुरा जिल्ला सबैभन्दा गरिबि जिल्ला हो । बाजुराको पनि सबै भन्दा बढी गरिब भएको गाउँपालिका स्वामीकार्तिक गाउँपालिका हो । शाही स्वामीकार्तिक खापर गाउँपालिकामा जन्मेका हुन् । हिमाली, जगन्नाथ गाउँपालिका र बुढिनन्दा नगरपालिका पनि गरिबको अग्रस्थानमा रहेका छन् । शाहीले मतदाता भेटघाटमा क्रममा मतदाता सँग भने अन्य समस्या पनि धेरै छन्, सबै भन्दा मुख्य चुनौती र समस्या गरिबि रहेको बताउदै आएका छन । गरिबि न्युनिकरणका लागि रोजगारिको सिर्जना सँगै विकास निर्माणमा आफ्नो भुमिका रहने वताएका छन् ।

गरिबि न्युनिकरणका लागि शिक्षा, स्वास्थ्य, बिद्युक्त, सिचाइ, खानेपानी लगायतका क्षेत्रमा लगानि गर्ने शाहीले वताएका छन् । पहिलो त नागरिकले राम्रो सँग खान लगाउन पाउनु हो, त्यो पहिलो प्राथमिकता हो त्यो सँगै अन्य सामाजिक सवाल र मुद्धामा आफु लाग्ने वताएका छन् । शाहीले शिक्षामा आमुल परिवर्तन गर्नका लागि बिभिन्न एजेण्डा अगाडि सारेका छन् ।

शिक्षा बाट कोही पनि बञ्चित नहुने खाले रणनिति घोषणा पत्रमा उल्लेख गरेका छन् । प्रदेश क को स्वास्थ्य निकै कहाली लाग्दो रहेको छ, उपचार अभाबमा कोहीले पनि अकालै ज्यान गुमाउन बाध्यता हटाउन प्रतिबद्ध भएको शाहीले वताएका छन् ।
बिद्युक्तको राष्ट्रिय प्रशारणलाइन जोडेर सबै नागरिकलाई बिद्यूक्तको पहुँचमा पुयाउने उनको योजना रहेको छ । सञ्चार बिमुख रहेका गाउँलाई सञ्चारको पहुँचमा जोडन लाग्ने शाहीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार