शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • समाज
  • हिमाली ६ मा मुचुल्का भन्दा ३० मत बढी हो : मुख्य निर्वाचन अधिकृत पौडेल

हिमाली ६ मा मुचुल्का भन्दा ३० मत बढी हो : मुख्य निर्वाचन अधिकृत पौडेल

  • शुक्रबार, मंसिर १६, २०७९
हिमाली ६ मा मुचुल्का भन्दा ३० मत बढी हो : मुख्य निर्वाचन अधिकृत पौडेल

बाजुरा–हिमाली गाउँपालिका ६ धिममा मुचुल्का भन्दा ३० मत बढी आएको मुख्य निर्वाचन अधिकृत ढाकाराम पौडेलले बडिमालिका खबरलाइ वताएका छन् । कर्मचारीले खसेको मतको मुचुल्का भन्दा ३० मत बढी खसेको पाईएको हो, बाहिर हल्ला गरेको जस्तो ४० मत नभएको पौडेलले वताएका छन् ।
मुचुल्का भन्दा ३० मत बढी आएको भन्दै नेकपा एमाले बाजुराले मतगणना स्थगित गर्न माग गरेको थियो । प्रतिनिधि सभाको बिहान भएको स्थगित मतगणना अझै शुरु हुन सकेको छैन् । मुख्य निर्वाचन अधिकृत पौडेलले भने मतगणना गर्नका लागि छलफल भइरहेको वताए । पहिलो चरणमा हामी छलफल गर्ने छौ, सहमति नभए कानुन अनुसार मतगणना अघि बढने वताए ।
उता बुढिगंगा ३ मा भने मुचुल्का भन्दा बढी ९८ मत नआएको वताएका छन् । मतदान केन्द्र बाट मुचुल्कामा सहि आएको तर मुख्य निर्वाचन अधिकृतको कार्यलयमा कम्पुटरमा इन्ट्रि गर्दा गल्ति भएको पौडेलले वताए । मुचुल्कामा ३ सय ५० रहेको थियो, तर यहाँ कर्मचारीले कम्पुटरमा इन्ट्रि गर्दा २ सय ५० भएको वताए । यसमा कम्पुटरमा इन्ट्रि गर्दा गलत भएको वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार