शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • चेतनको हत्याका दोषीलाई कार्बाहीकाे माग गर्दै अनेरास्ववियु बझाङद्वारा आन्दोलन

चेतनको हत्याका दोषीलाई कार्बाहीकाे माग गर्दै अनेरास्ववियु बझाङद्वारा आन्दोलन

  • शनिबार, मंसिर १०, २०७९
चेतनको हत्याका दोषीलाई कार्बाहीकाे माग गर्दै अनेरास्ववियु  बझाङद्वारा आन्दोलन

अर्थ जङ्ग शाही/ बझाङ– अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य एवं सुदुरपश्चिम विश्वविद्यालय इकाई कमिटी अध्यक्ष चेतन ऐडिको हत्यारालाई कडा कार्वाहीको माग गर्दै बझाङको सदरमुकाम चैनपुरमा विरोध प्रदर्शन गरिएको छ ।

अनेरास्ववियु जिल्ला कमिटी बझाङले शनिबार सदरमुकाम चैनपुरमा  ऐडीको विभत्स हत्या गरेको घटनाको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको हो । “सम्पुर्ण देशभक्त प्रगतिशील तथा जनवादी विद्यार्थी एक हौं, हत्यारालाई कार्वाही गर, चेतन ऐडिलाई न्याय दे, बाजुरेली काङ्ग्रेस मानवता खोइ? बाजुरा प्रशासन मुर्दावाद, गठबन्धन सरकार मुर्दावाद लगायतका नारा लगाउँदै सदरमुकाम चैनपुरमा शान्तिपुर्ण आन्दोलन गरेको छ ।

ऐडिको हत्यारालाई तत्काल सार्वजनिक गर्न अनेरास्ववियु जिल्ला कमिटी बझाङले जोडदार माग गरेको छ । मंसिर ४ गते भएको निर्वाचनका दिन बाजुराको त्रिवेणी नगरपालिका ७ को मतदान केन्द्रमा भएको विवादलाई लिएर अनेरास्वयुका केन्द्रीय सचिवालय सदस्य समेत रहेका ऐडीको कुटपिट गरेर हत्या गरिएको थियो।

चर्चामा

सम्बन्धित समाचार