शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बालसञ्जाल समिति अध्यक्ष सुनारद्धारा खेलकुद सामाग्री हस्तान्तरण

बालसञ्जाल समिति अध्यक्ष सुनारद्धारा खेलकुद सामाग्री हस्तान्तरण

  • शनिबार, मंसिर १०, २०७९
बालसञ्जाल समिति अध्यक्ष सुनारद्धारा खेलकुद सामाग्री हस्तान्तरण

टेक बहादुर बुढा, बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिका स्तरिय बाल सञ्जाल समिति अध्यक्ष सनम सुनारले बाल समुहलाई खेलकुद सामाग्री हस्तान्तरण गरेका छन ।

गाउँपालिकाको वडा नंः५ स्थित मष्टा बाल समुहलाई एक सेट बल र जाली हस्तान्तरण गरेको बाल समुहका अध्यक्ष असिम सुनारले बताएका छन । शनिबार बाल समुह द्धारा आयोजित डोगडीमा भएको भलिबल प्रतियोगीतामा उक्त सामाग्री हस्तारण गरेको गाउँपालिका स्तरिय बाल सञ्जाल समितिका अध्यक्ष सनम सुनारले बताएका छन ।

बाल समुहमा एउटा भलिबल समेत किन्न सक्ने क्षमता नभएको र अध्यक्ष सुनारले सामाग्री प्रदान गरेको बताए । गाउँपालिकालाई खेल क्षेत्रबाट माथि उकास्नुका साथै खेलाडीको पहिचानका लागी खेलकुद सामाग्री प्रदान गरेको अध्यक्ष सुनारले बताए । बाल सञ्जालको अध्यक्षमा आईसके पछि विभिन्न क्षेत्रमा सहयोग गर्दैै आएको र आगामी दिनमा पनि गाउँपालिकाका सम्पूणर् वडाहरुका बाल समूहलाई आफ्नो तर्फेबाट गर्ने सकिने सहयोगका लागी पछि नहट्ने अध्यक्ष सुनारले बताएका छन ।

गाउँपालिका स्तरिय बाल सञ्जालले पछिलो समयमा खेल क्षेत्रमा मात्र नभई समाजमा रहेमा विभिन्न विकृति विसङगती न्यूनिकरणमा पनि सक्रियता पूर्वक लागी रहेको समेत अध्यक्ष सुनारले बताएका छन । अहिले वर्तमान समाजमा उग्ररुप लिरहेको बाल बिबाह जस्ता सामाजिक कुरितिहरुलाई न्यूनिकरण गर्नेका लागी बाल सञ्जालले मात्र नभई सबैले एक जुट भएर लाग्नु पर्ने कुरामा अध्यक्ष सुनारले जोड दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार