शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • जनताले दिन्छन अमूल्य मत केहि गर्छन भनी

जनताले दिन्छन अमूल्य मत केहि गर्छन भनी

  • शुक्रबार, मंसिर ९, २०७९
जनताले दिन्छन अमूल्य मत केहि गर्छन भनी

भबिश्यवाणी गर्न थाले जितको मात पलायो,
भन्छन पचास वर्ष डग्दैन छिट्टै बात पलायो।

मानिस लाई पल पलकै थाहा हुंदैन मर्ने बांच्ने,
नेतालाई घमण्ड उस्तै पुरानो औकात पलायो।

जनताले एक एक मतदिएर पठाए संसदभित्र,
बिडम्वना उनिभित्र उस्तै बिषालु पात पलायो।

केही हुंदैन यो देश भित्र तछाड मछाड मात्रै छ,
बिकास होइन सधै बिनासको हालात पलायो।

जनताले दिन्छन अमूल्य मत केहि गर्छन भनी,
प्रत्येक चुनावपछि जनघात राष्ट्र घात पलायो।

पढेलेखेका युवा देशबिहिन गराए दलालहरूले,
यो देशमा सधै महंगी भ्रष्टचारकै खात पलायो।

चर्चामा

सम्बन्धित समाचार