बिहिबार, बैशाख २७, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बाजुराको त्रिबेणी ७ मा मेजर र डिएसपीको कमाण्डमा सुरक्षा

बाजुराको त्रिबेणी ७ मा मेजर र डिएसपीको कमाण्डमा सुरक्षा

  • मङ्लबार, मंसिर ६, २०७९
बाजुराको त्रिबेणी ७ मा मेजर र डिएसपीको कमाण्डमा सुरक्षा

बाजुरा — त्रिबेणी नगरपालिका वडा न ७ मा नेपाली सेनाका मेजर, शसस्त्र प्रहरी र नेपाल प्रहरीका डिएसपीको कमाण्डमा सुरक्षा दिएको छ । वडा न ७ मा मतदानको दिन काँग्रेस र एमालेका कार्यक्रताहरुको बिबाद पछि गाउँमा तनावग्रस्त हुदाँ सो क्षेत्रको सुरक्षाका लागि नेपाली सेनाका मेजर प्रेम खत्री, शसस्त्र प्रहरीका डिएसपी दिपक कुँवर र नेपाल प्रहरीका डिएसपी सागर बोहराको कमाण्डमा सुरक्षा दिएका छन ।

सो ठाउँमा मतदानको दिन बिबाद हुँदा सुरक्षाकर्मीको गोली लागेर नेपाली काँग्रेसका एक कार्यक्रताको घटनास्थलमै मृत्यु भएको थियो । सो घटना पस्चात नेपाली काँग्रेसका कार्यक्रताहरु उग्ररुप लिएर एमाले कार्यक्रतामाथी खनिएर एक जना एमाले नेता चेतन अयडीको हत्या गरिएको थियो ।

सो घटनाले उग्र बन्दै गएपछी नेपाली सेना ससस्त्र प्रहरी र नेपाल प्रहरीको १ सय जना भन्दा बढि सुरक्षाकर्मी तैनाथ गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार