शुक्रबार, बैशाख २८, २०८१
  • होमपेज
  • समाज
  • सत्ता गठबन्धनको आडमा बिध्यार्थी नेता अएडीको हत्या गरियो : एमाले बाजुरा (बिज्ञप्ति सहित)

सत्ता गठबन्धनको आडमा बिध्यार्थी नेता अएडीको हत्या गरियो : एमाले बाजुरा (बिज्ञप्ति सहित)

  • सोमवार, मंसिर ५, २०७९
सत्ता गठबन्धनको आडमा बिध्यार्थी नेता अएडीको हत्या गरियो : एमाले बाजुरा  (बिज्ञप्ति सहित)

 बाजुरा — जिल्लाको त्रिवेणी नगरपालिका वडा नंः ७ मा गएराति कांग्रेस कार्यकर्ताले कुटपिट गरी अनेरास्ववियुका केन्द्रिय सदस्य चेतन ऐडीको हत्या सत्ता गठबन्धनको आडमा भएको नेकपा एमाले बाजुराले जनाएको छ । नेकपा एमाले बाजुरा र अनेरास्ववियू बाजुराले छुट्टा छुट्टै बिज्ञप्ती जारी गर्दे सो हत्यामा संलग्न जो सुकैलाई पक्राउ गरी कानुनी दायरामा ल्याउन माग गरेको छ । नेकपा एमाले बाजुराले प्रेस विज्ञप्ति जारी गरेको छ ।
आईतबार त्रिवेणी नगरपालिका ७ नाटेश्वरी आधारभूत बिद्यालयमा भएका मतदानको बिवादलाई लिएर अनेरास्ववियूका केन्द्रिय सदस्य ऐडीलाई कांग्रेसका कार्यकर्ताहरुले घरमा सुतिरहेको अवस्थामा निर्घात कु्टपिट गरी हत्या गरेको नेकपा एमाले बाजुराका सचिव भरत थापाको हस्ताक्षेरीत बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
स्थानिय प्रसासन र प्रहरीको लापरबाहीले गर्दा सो घटना भएको एमाले बाजुराको बिज्ञप्तीमा उल्लेख गरिएको छ । हत्याको छानबिन नभए नेकपा एमाले बाजुराले जुनसुकै मुल्य चुकाउन तयार रहेको समते बिज्ञप्तीमा उल्लेख गरिएको छ ।
बिज्ञप्ती जारी गर्दै मृतक चेतन अएडी प्रति श्रद्धान्जली समेत ब्यक्त गर्दै परिवार प्रति समबेदना समेत प्रकट गरेको छ ।
त्यसै गरी अनेरास्ववियू बाजुराले पनि बिज्ञप्ती जारी गर्दे घरमै सुतिरहेका अएडीलार्ई घरबाट तानेर हत्याको बिरोध समेत गरेको छ । अनेरास्ववियू बाजुराका सचिव हिक्मत बहादुर रोकायाको हस्ताक्षेरीत बिज्ञप्तीमा पनि हत्यामा संलग्न ब्यक्तीलाई तत्काल प्रकाउ गरी कानुनी दायारामा ल्यान प्रशासनलाई अनुरोध गरेको छ । अनेरास्ववियू बाजुराले पनि बिज्ञप्ती जारी गर्दै मृतक चेतन अएडी प्रति श्रद्धान्जली समेत ब्यक्त गर्दै परिवार प्रति समबेदना समेत प्रकट गरेको छ ।

No description available.

No description available.

चर्चामा

सम्बन्धित समाचार