शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • कला /साहित्य
  • मतदानगर्ने सबैको अधिकार हुन्छ,

मतदानगर्ने सबैको अधिकार हुन्छ,

  • आइतवार, कार्तिक २७, २०७९
मतदानगर्ने सबैको अधिकार हुन्छ,

मतदानगर्ने सबैको अधिकार हुन्छ,
कतै बहिस्कार त कतै व्यपार हुन्छ।

चुनावमै मतदान गरी हराउँनुपर्नेहो,
वहिस्कार गर्दा त आफ्नै हार हुन्छ।

छानौ देशभक्त गणतान्त्रिक शक्ति,
जो जनता र देशको बफादार हुन्छ।

यो आफ्नो हक अधिकारहो साथी,
उस्ले बुझ्छ जो सही कर्णधार हुन्छ।

हाम्रो अमूल्य मतदान त यही बेला,
भ्रष्टचार मास्ने एउटा औजार हुन्छ।

हाम्रो होइन राम्रो ल्याउँनु है अहिले,
जस्लाई आफ्नै देशसँग प्यार हुन्छ।

चर्चामा

सम्बन्धित समाचार