मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • नेताहरू लाई लोभैमा फसायो उसैले,

नेताहरू लाई लोभैमा फसायो उसैले,

  • शनिबार, कार्तिक २६, २०७९
नेताहरू लाई लोभैमा फसायो उसैले,

नेताहरू लाई लोभैमा फसायो उसैले,
मुटुमै धारिलो खञ्जर चलायो उसैले।

बनायो आफ्नो बजार यही देश लाई,
बिषाक्त खाद्यान हरू लधायो उसैले।

लगायो साहिनो समेत रोजी बेटीको,
वेला वेलामा घांटी नी समायो उसैले।

विर र बफादार बन्यौं निडर पौरखी,
सिमा सिमामा लड्न पठायो उसैले।

काम आफै तोक्छ दाम पनि आफै,
हाम्रो पौरख लाई त लुभायो उसैले।

कहिले फसायो कहिले कुटायो मन,
मित्र बन्यो र सदियौं हरायो उसैले।

चर्चामा

सम्बन्धित समाचार