शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • खाना
  • भारतले दियो धान निर्यातमा छुट

भारतले दियो धान निर्यातमा छुट

  • शनिबार, कार्तिक १९, २०७९
भारतले दियो धान निर्यातमा छुट

काठमाडौं – भारतले नेपाल पठाउने धानमा लाग्दै आएको २० प्रतिशत भन्सार शुल्क हटाउने भएको छ। भारतको राजस्व विभागले नेपाल निर्यात हुने ६ लाख टन धानमा छुट दिने जनाएको हो।

यसले नेपाललाई केही हदसम्म राहत पुग्ने भन्सार विभागले बताएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको अनुरोधमा भारतले छुट दिएको हो। ६ लाख टनभन्दा बढी ल्याउँदा भने २० प्रतिशत नै शुल्क लाग्नेछ। कनिका, गहुँमा भने भारतले प्रतिबन्ध कायमै राखेको छ।

‘भारतले गत भदौमा धान, चामल निर्यातमा कडाइ गरेपछि नेपाल सरकारले सो वस्तुमा भन्सार नलगाइदिन गरेको थियो’, उद्योग मन्त्रालयका प्रवक्ता डा. नारायणप्रसाद रेग्मी भन्छन्, ‘अहिले सम्बोधन भयो।’ उद्योग मन्त्रालयले असोजमा भन्सार छुट गर्न अनुरोध गरेको उनले बताए।

चर्चामा

सम्बन्धित समाचार