बुधबार, जेष्ठ २, २०८१
  • होमपेज
  • समाज
  • कोल्टी बाट मार्तडी आउन लागेको जिप दुर्घटना ६ जना घाइते

कोल्टी बाट मार्तडी आउन लागेको जिप दुर्घटना ६ जना घाइते

  • बिहिबार, कार्तिक १७, २०७९
कोल्टी बाट मार्तडी आउन लागेको जिप दुर्घटना ६ जना घाइते

बाजुरा–बाजुराको कोल्टीबाट मार्तडी आउन लागेको जिप दुर्घटना हुदा ६ जना घाइते भएको प्रहरीले जनाएको छ । कर्णाली प्रदेश ०२००१ ज ००५७ नम्वरको जीप बुढीनन्दा नगरपालिका ५ तारुखोला नजिक दुर्घटना हुँदा ६ जना यात्रु घाईते भएका छन ।

घाइते हुनेमा बुढिनन्दा १० बस्ने ३५ बर्षिय सुकिली वोहरा, वडा नम्बर ९ बस्ने २७ बर्षिय हिम्कत सार्की र वडा नम्बर ६ बस्ने ३६ बर्षिय पेमा लामा गुरुङ रहेका छन् । त्यस्तै हिमाली गाउँपालिका ४ बस्ने ३५ बर्षिय सुलाचना जैशी, जगन्नाथ गाउँपालिका ४ बस्ने ३५ बर्षिय राजु भण्डारी र सोही ठाउँका ६० बर्षिय पदम बहादुर भण्डारी रहेको प्रहरीले जनाएको छ । घाइतेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार