मङ्लबार, जेष्ठ १, २०८१
  • होमपेज
  • समाज
  • बाजुरा:-दल प्रचारमा मतदाता खेतवारीमा ब्यस्त

बाजुरा:-दल प्रचारमा मतदाता खेतवारीमा ब्यस्त

  • बिहिबार, कार्तिक १७, २०७९
बाजुरा:-दल प्रचारमा मतदाता खेतवारीमा ब्यस्त

बाजुरा–चुनाव नजिकिदै जाँदा बाजुराका राजनितिक दलहरुले आफ्नो प्रचारलाई निकै तिव्र बनाएका छन् । मतदाता भने खेतवारीमा ब्यस्त रहेका छन् । जौ, गहुँ छर्ने समय भएकाले अधिकांश बाजुरा बासी काममा ब्यस्त रहेका छन् । घरमा मतदाता नभेटिने भएपछि खेतवारीमा गएर चुनावी प्रचार शुरु गरेका छन् ।
“अहिले चुनाव भन्दा पनि खेति लगाउने समय हो । हाम्रा लागि चुनावले के दिन्छ, काम गरेर खान पुग्दैन् हामीलाई चुनाव भन्दा पनि काममा महत्व भएको बाह्रबिसका बिर लुवारले बताएका छन्” । जिल्लामा ९५ प्रतिशत परिवार कृर्षिमा आधारीत रहेका छन् । बाजुरा सधै भोकमरी जिल्लाको रुपमा चिनिने रहेको छ । ‘नेपालमा थुप्रै परिवर्तन भएर धेरैले शासन सत्ता सञ्चालन गरे, आखिर हाम्रा लागि केही भएन् । चुनाव भन्दा पनि खेति लगाउने काम महत्व भएको छेडेदह गाउँपालिका २ दान रोकायाले बताएका छन्’ ।
गाउँमा मतदाता नभेटिने भएपछि राजनितिक दलले चुनाव प्रचार गर्ने शैली समेत फेरेका छन् । चुनावी सभा भन्दा पनि मतदाता भेटघाटमा नेताहरु बढि केन्द्रित भएका छन् । कामको समय भएकाले आफुहरुले मतदाता सँग दुख सुख साटेर भएपनि खेतवारीमा गएर मत माग्ने गरेको नेकपा एमाले प्रदेश ख का उम्मेदवार लाल बहादुर थापाले बताए । नेपालि काँगे्रस बाजुरा पनि बिगतका बर्ष भन्दा तरिकाले चुनावी प्रचार गरेको छ । कुनैपनि ठुलो चुनावी सभा नगरेर मतदाता भेटघाट गरेको काँगे्रस प्रदेश ख का उम्मेदवार पदम बहादुर शाहीले वताए ।
बाजुरामा गठबन्दन र एमालेले आफ्नो चुनावी प्रचार अभियानमा कार्यक्रतालाई अन्तिम लडाई लड्न समेत निर्देशन दिएका छन् । उनीहरु बिच मतदातालाई कसरि आफ्नो पक्षमा लिने भन्ने पक्षमा लागि रहेका छन् । कुनै ठाँउमा मतदातालाई झुटो आश्वासन बाडेको समेत पाईएको छ । बाजुराको गरिबि कम गर्ने, एकघर एक रोजगारी, बिद्युत्त र सड्कलाई मुख्य ऐजेन्डा बनाएर राजनितिक दलले मतदाता समक्ष प्रचार गरेको पाईएको छ ।

चर्चामा

सम्बन्धित समाचार