मङ्लबार, बैशाख २५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • खान र लगाउनमै फकायो हामिलाई

खान र लगाउनमै फकायो हामिलाई

  • मङ्लबार, कार्तिक १५, २०७९
खान र लगाउनमै फकायो हामिलाई

खान र लगाउनमै फकायो हामिलाई,
परदेश जाने बाटो देखायो हामिलाई।

यो देशका नेता छन धेरै लोभी पापी,
किन्यो उनैलाई र फसायो हामिलाई।

बेचिए खोला अनी बन-बगर बेचियो,
दास झैं जोखिममै खटायो हामिलाई।

पठायो सन्तान दलाल बनाएर उसैले,
सधैभरी त्यसैले त सतायो हामिलाई।

देशको सरकार उसैको लगाममै हुन्छ,
टुक्रायो देश गुलाम बनायो हामिलाई।

गय्रो सबैथोक यहाँ अतिक्रमण उसैले,
बन्यौ आहारा अनी पचायो हामिलाई।

चर्चामा

सम्बन्धित समाचार