मङ्लबार, जेष्ठ १५, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दलाल धुरी चढ्यो देश ओरालो भयो (गजल)

दलाल धुरी चढ्यो देश ओरालो भयो (गजल)

  • आइतवार, कार्तिक १३, २०७९
दलाल धुरी चढ्यो देश ओरालो भयो (गजल)

जितेर गयो बिदेशीको गोठालो भयो सधै,
बाहिर गोरो भयनि भित्र कालो भयो सधै।

कसरी भन्ने जननेता जनताको काम गरेन,
दलाल धुरी चढ्यो देश ओरालो भयो सधै।

हामिले आफ्नै दाजुभाई सम्झेर भोट दियौँ,
सरकारमा पुग्यो बिदेशीकै सालो भयो सधै।

न काम पाइन्छ यो देशमा न जमिन प्रसस्तै,
किसानको कांदमा हलो कोदालो भयो सधै।

बाउ बाजेहरू लाहुरे थिए छिमेकीकै रक्षक,
कंम्मरमा खुकुरी घर रित्तो डालो भयो सधै।

चर्चामा

सम्बन्धित समाचार