बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • भारतकाे सिम्लाबाट घर फर्किदै गरेका बाजुराका एक यूवा बेपत्ता

भारतकाे सिम्लाबाट घर फर्किदै गरेका बाजुराका एक यूवा बेपत्ता

  • आइतवार, कार्तिक १३, २०७९
भारतकाे सिम्लाबाट घर फर्किदै गरेका  बाजुराका एक यूवा बेपत्ता

टेक बहादुर बुढा / बाजुरा– सिम्लाबाट घर फर्किने समयमा भारतकाे हल्दानिमा एक नेपाली १० दिन देखि बेपत्ता भएका छन । जिल्लाकाे खप्तड छेडेदह गाउपालिका २ मयागडा बस्ने अन्दाजि ३५ बर्षीया प्रेम रावत भारत काे हिमाञ्चल प्रदेशकाे सिम्ला बाट घर फर्किने समयमा हल्दनि बेपत्ता भएका हुन ।

कार्तिक २ गते हल्दानी पुगेका रावत अहिलेसम्म पनि सम्पर्कमा नआएका पारिवारिक स्राेतले जानकारी दिएकाे छ । सिम्लाबाट एउटै गाउका दुई जना संगै आएका बताईएकाे छ ।

बेपत्ता भएका रावतकाे झाेला उनीसँग आएका साथिले घर पुर्याईदिएका उनका आफ्न्त स्थानीय रमेश रावतले बताएका छन । करिब १० दिन देखि रावत बेपत्ता हुदा घर परिवार चिन्तामा परेका छन ।

बेपत्ता रावतलाई काहीं कतै भेटाएमा वा कतै छन भन्ने सुचना पाएमा जानकारी गराईदिन पनि पारिवारिक स्राेतले सबैमा अनराेध गरेका छ। साथै बेपत्ता रावतका आफ्न्तकाे सम्पर्क नंः ८०७६३४०११३ मा सम्पर्क गरिदिन अपिल गरिएको छ ।

चर्चामा

सम्बन्धित समाचार