शनिबार, बैशाख २२, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • डाेगडीकाे एक घरमा आगलागी

डाेगडीकाे एक घरमा आगलागी

  • शुक्रबार, कार्तिक ११, २०७९
डाेगडीकाे  एक घरमा आगलागी

टेक बहादुर बुढा / बाजुरा — जिल्लाकाे खप्तड छेडेदह गाउँपालिका वडा नंः ५ डाेगडीमा एक घरमा आगलागी भएको छ । बिहीबार करिब १ बजेकाे समयमा डाेगडी टुडा स्थित भिके बुढा, दुलही बुढा लगायत चार भाईकाे घरमा आगलागी भएको स्थानीय केशब बुढाले जानकारी दिएका छन ।

घरकाे अगाडि कौशीमा आगाे लागेकाे स्थानीय बुढाले बताए । घरमा आगलागी हुदा घरमा रहेकाे काठ , छानाकाे टिनका पाता र पराल जलेर नष्ट भएको पिडित दुलही बुढाले बताएका छन । एक्कासि दिउँसो घरमा आगलागी हुदा सबै लागेर आगाे निभाएकाे र भाईटिकाकाे दिनमा सबै घरमा भएकाले आगाे निभाएर मानवीय क्षेती हुन बाट बचाएकाे पिडित बुढाले बताए ।

 यस बिषयमा वडा अध्यक्ष जित बहादुर रावतले भने कुनै ठुलाे क्षेती नभएको र केही सामान्य क्षेति भएकोले क्षेतिकाे विवरण सङकलन गरेर राहतकाे व्यवस्था मिलाउने बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार