शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • बडिमालिका नगरपालिकामा खाध्य सम्प्रभुता ऐन सम्बन्धी छलफल

बडिमालिका नगरपालिकामा खाध्य सम्प्रभुता ऐन सम्बन्धी छलफल

  • सोमवार, अशोज ३१, २०७९
बडिमालिका नगरपालिकामा खाध्य सम्प्रभुता ऐन सम्बन्धी छलफल

बाजुरा — बडिमालिका नगरपालिकामा खाध्य अधिकार तथा सम्प्रभुता ऐन सम्बन्धी छलफल गोष्ठीको आयोजना गरिएको छ । बडिमालिका नगरपालिकाको समन्वय तथा याक नेपालको आर्थिक तथा प्राबिधीक सहयोग र जिल्ला खाध्य अधिकार संजाल बाजुराको आयोजनामा सो कार्यक्रम गरिएको हो ।
नगरपालिका जनप्रतिनिधीहरु र शाखाका प्रमुखहरुको उपस्थितीमा खाध्य सम्प्रभुता ऐन सम्बन्धी छलफल गरिएको जिल्ला खाध्य अधिकार संजाल बाजुराका अध्यक्ष मदन जोशीले बताए ।
कार्यक्रममा अव नगरपालिकाको खाध्य सम्प्रभुताका लागि निती अनुसार योजना बनाएर अगाडी बढ्ने नगर प्रमुख अमर बहादुर खड्काले बताएका छन । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका नगर प्रमुख खड्काले नगरबासी खाध्य सम्प्रभुताका बिषयमा लागि रहेका र केही योजनाहरु कार्यन्वयनको चरणमा रहेका छन उनले भने । ऐन सम्बन्धी छलफल कार्यक्रमको सहजीकरण याक नेपालका सर्जु प्रसाद चौधरीले गरेका थिए ।
जिल्ला खाध्य अधिकार संजालका अध्यक्ष मदनराज जैशीको अध्यक्षतामा संचालन भएको सो कार्यक्रममा प्रमुख अतिथि बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का रहेका थिए । कार्यक्रका बिषिष्ठ अतिथि बडिमालिका नगर पालिका उप प्रमुख नन्दा थापा र नगर प्रबक्ता धर्मराज पाध्याय रहेका थिय । त्यसै गरि अतिथि हरुमा बडिमालिका नगरपालिकाका नौ ओटै वडाका वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु प्रमुख प्रशासकि अधिकृत रंगमल विक, पत्रकार महासघ बाजुराका निबर्तमान अध्यक्ष प्रकाश सिंह लगायतको उपस्थिती रहेको थियो ।
जिल्ला खाध्य अधिकार संजालका सचिव लक्ष्मीराज पाध्यायले संचालन गरेको कार्यक्रमको स्वागत तथा कार्यक्रमका बारे जानकारी तथा खाध्य सम्प्रभुता ऐन सम्बन्धी छलफल याक नेपालका प्रतिनिधी सर्जु प्रसाद चौधरीले गरेका थिए ।
याक नेपालले बाजुरा जिल्लामा बिगत लामो समय देखी खाध्य अधिकारको क्षेत्रमा वकलत तथा पैरवीका कार्यक्रमहरु गर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार