शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • एमालेले बाजुराकाे चुनावी प्रचार अभियान सूरू

एमालेले बाजुराकाे चुनावी प्रचार अभियान सूरू

  • आइतवार, अशोज ३०, २०७९
एमालेले बाजुराकाे चुनावी प्रचार अभियान सूरू

बाजुरा — नेकपा एमालेले प्रदेश निर्वाचन क्षेत्र (ख) काे बडीमालिका नगरपालिका ७ बाट चुनावी प्रचारप्रसार अभियान सूरू गरेकाे छ । एमालेबाट प्रदेश सभा निर्वाचन क्षेत्र (ख) का उम्मेदवार लालबहादुर थापा नेतृत्वकाे टाेलीले बडीमालिका ७ मा रहेका ढम्कने, रजाताेली, जिल्ली र सिराढीका जनतासँग भेटघाट गर्ने कार्यक्रम रहेकाे प्रचारप्रसार अभियानमा सहभागि प्रेस चाैतारी बाजुराका सचिव रमित बिकले बताएका छन् ।

No description available.
त्यस्तै प्रतिनिधि सभाका उम्मेदवार कर्णबहादुर थापा नेतृत्वकाे टाेली आज मार्तडीबाट प्रदेश (क) क्षेत्रमा गईसकेकाे र प्रदेश सभा (क) उम्मेदवार बलदेव रेग्मीकाे टाेलीले सयुक्त रूपमा साे क्षेत्रमा सयुक्त रूपमा चुनावी प्रचार प्रसार अभियान गर्ने नेकपा एमाले बाजुराका सचिव भरत थापाले बताएका छन् ।
निर्वाचन कार्यतालिका अनुसार बाजुराकाे प्रदेश सभा र प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारहरूले मनाेनयन दर्ता गरिसकेपछि नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादी, एकीकृत समाजवादी र स्वतन्त्र उम्मेदवारहरू चुनावी प्रचारप्रसारमा केन्द्रित बनेका छन् ।

चर्चामा

सम्बन्धित समाचार