• होमपेज
  • कला /साहित्य
  • मुटु चक्नाचुर हुन्छ

मुटु चक्नाचुर हुन्छ

  • आइतवार, अशोज ३०, २०७९
मुटु चक्नाचुर हुन्छ

जब मन र मुटु चक्नाचुर हुन्छ,
भिज्ने यि आँखा वेकसूर हुन्छ।

कहाँ हुन्छ मनभित्र भनौ खुसी,
दुःख र पिंडा मात्र भरपुर हुन्छ।

कसैले कसैलाई त छाडेर गयो,
छाडेन यादले त्यो मज्वुर हुन्छ।

खुशिलाई किन हो आएन दया,
आउँदा आउँदै त्यही फुर हुन्छ।

संसार फेर्न हिंड्ने त्यो बाटो नि,
पैलाउँन खोज्दा त्यही दुर हुन्छ।

बिना नीतिका यि काउछा हरू,
दुष्टनी कनैलाई कोहिनुर हुन्छ।

चर्चामा

सम्बन्धित समाचार