• होमपेज
  • कला /साहित्य
  • भर्खर गएको दंशैलाई (गजल)

भर्खर गएको दंशैलाई (गजल)

  • सोमवार, अशोज २४, २०७९
भर्खर गएको दंशैलाई (गजल)

समाजभित्र राम्रा न राम्रा परमपरा हुन्छन,
कुनै पातपतिंगर कुनै बलिया जरा हुन्छन।

छाड्नुस् नराम्रा समाजमा अहित हुँनेलाई,
कुनैकुनै समाजलाई जोगाउँने गरा हुन्छन।

रूख बिरूवा पसु पंक्षी प्राकृतिले सिङ्गार्दै,
बनाएका दिवसहरू देशका टहरा हुन्छन।

सामाजिक परमपराहरू देशका गहना झैं,
यिनैले त हाम्रा गाउँ सहर हराभरा हुन्छन।

परमपरा जस्तै देश सिङ्गार्ने नदिनालाहरू,
बन जङ्गल, ढुङ्गा माटो, पसु र चरा हुन्छन।

भर्खर गएको दंशैलाई पनि सिंगार्न बनेका,
रातो सेतो टिका सँगै पहेंला जमरा हुन्छन।

चर्चामा

सम्बन्धित समाचार