बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • फुटबल
  • छेडेदह कप चौथो खुला फुटबल प्रतियोगिता असोज २२ देखि हुने

छेडेदह कप चौथो खुला फुटबल प्रतियोगिता असोज २२ देखि हुने

  • शुक्रबार, अशोज १४, २०७९
छेडेदह कप चौथो खुला फुटबल प्रतियोगिता असोज २२ देखि  हुने

बाजुरा — ‘हरेक वर्ष, खेल पर्व भन्ने मुल नाराका साथ यस बर्षको चौथो छेडेदह कप फुटवल प्रतियोगिता असोज २२ गते देखी २८ गतेसम्म संचालन हुने भएको छ । हरेक बर्ष दशै र तिहारलाई लक्षित गरी हुदै आएको प्रतियोगिता असोज २२ गते देखी संचालन हुने भएको हो ।
बाजुरालाई फुटबलका माध्यमबाट राष्ट्रव्यापी रुपमा परिचित गरार्ई राष्ट्रिय एकतालाई खेल मार्फत मजवूत बनाउने, खेलमार्फत बाजुराको पर्यटन विकासमा टेवा पूर्‍याउने उदेस्यका साथ हरेक बर्ष यो प्रतियोगिता हुने गरेको आयोजक कमिटिका सदस्य कृष्ण ओलीले बताएका छन ।
खेल क्षेत्रमा नव प्रतिभाहरुलाई राष्ट्रिय अन्तराष्ट्रिय स्तरका खेलाडीको पहिचान गराउन, स्थानीय स्तरमा फूटवल प्रतिको चाहना उजागर गराउन, खेल क्षेत्रमा युवा आकर्षण बढाउनु र खेल क्षेत्रमा विकासमा योगदानु गर्नु खेलको मुख्य उदस्य रहेको ओलीले बताएका छन ।
राष्ट्रिय फूटवल क्लवहरु तथा स्थानीय क्लवहरुको सहयोग तथा सहाभागिता रहने भएका छन । त्यसै गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुद्वारा खेल प्रदर्शन गर्नुका साथै पहाडको सुन्दर उपत्यका आटीचौरलाई खेल नगरीका रुपमा विकास गर्ने पनि रहेको आयोजकले जनाएको छ ।
सो प्रतियोगितामा २० बढी टिमका करिब ४ सय बढी खेलाडीको सहभागिता रहने र ५० हजार बढी दर्शकले खेलको प्रत्यक्ष अवलोकन गर्ने पुर्व अनुमान गरिएको लोकेन्द खड्काले बताएका छन ।
प्रतियोतिाको समयमा आन्तरिक पर्यटनको प्रवद्र्धनका लागि भ्रमण प्याकेज घोषणा गर्नुका साथै स्थानीय लोक सँस्कृतिको प्रदर्शन र प्रस्तुती गरिने खड्काको भनाई रहेको छ । साँझको समयमा खेल अवधीभर देउडा खेल सञ्चालन गर्ने र प्रतियोगितामा स्थानीय तथा राष्ट्रिय स्तरका टि.भी., रेडियो, पत्रपत्रिका एवं फेसबुक मार्फत व्यापक रुपमा प्रचार प्रसार गरिने खड्काले बताएका छन ।
लगानीदाता वा कम्पनीले ईच्छाएको शब्द वा लोगो प्रदर्शन गर्न आवश्यक व्यानर, पर्चा, पम्पलेटद्वारा विज्ञापन गर्न पाउने आयोजकले जनाएको छ ।
प्रतियोगिताको उद्टाटन देखि समापन सम्म लगानी कर्ताको नाम उद्घोष गरिने आयोजकले जनाएको छ । प्रतियोगिताका पुरस्कारहरुमा प्रथम पुरस्कार ः रु.२,३३,३३३। र द्धितीय पुरस्कार ः रु.१,२२,२२२ राशी रहेने भएको छ । साथै पाँच जनालाई मेडल, ट्रफि, प्रमाण पत्र सबैलाई प्रदान गरिने आयाेजकले  जनाएको छ ।
त्यसै गरी विधामा दिईने पुरस्कार उत्कृष्ट खेलाडी, उदय मान खेलाडी, उत्कृष्ट गोल रक्षक, उत्कृष्ट डिफेन्डर र सर्वाधिक गोल कर्तालाइ समेत पुरस्कारको ब्यबस्था गरिने आयोजकले जनाएको छ ।
टिम दर्ता शुल्क रु १२,०००। र धरौटी रकम (पछि फिर्ता हुने गरी) रु ३,०००। तिर्नु पर्नेछ । खान र बस्नको प्रबन्धक स्वयम टिम वा क्लबले नै व्यवस्थापन गर्नु पर्ने आयोजकले जनाएको छ ।
टिम दर्ता असोज २१ गते साँझ ५ बजेभित्र गरिसक्नु पर्ने र शुल्क नतिर्ने र खेलाडीको परिचय खुल्ने प्रमाण पेश नगर्ने टिमलाई खेलमा सहभागि नगाराइने आयोजकले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार