शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • ठाउँ छैन देश भित्र भ्रष्टचार नभएको

ठाउँ छैन देश भित्र भ्रष्टचार नभएको

  • आइतवार, अशोज ९, २०७९
ठाउँ छैन देश भित्र भ्रष्टचार नभएको

ठाउँ छैन देश भित्र भ्रष्टचार नभएको,
कुनै क्षण पनि छैन दिकदार नभएको।

बाटोमा हिंड्दापनि सधै लाग्छ मलाई,
सांच्चै भन्दा देशमा सरखार नभएको।

नागरिक समाज सधै ठगिएको देख्छौं
कीन नागरिक सरह व्यवहार नभएको।

सर्वसाधारण जनतालाई कानुन लाग्छ,
केवल भ्रष्टचारीलाई केरकार नभएको।

जता पनि बिदेशीहरूको भरमार हुन्छ,
संसदमा देशभक्त को औतार नभएको।

गरिबको एउटा घरपनि छैन हिंजोआज,
युवाहरू लाहुरे की वे रोजगार नभयको।

चर्चामा

सम्बन्धित समाचार