शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • कला /साहित्य
  • दिपेन्द्र शाहकाे गजल यात्रा निरन्तर…

दिपेन्द्र शाहकाे गजल यात्रा निरन्तर…

  • शनिबार, अशोज ८, २०७९
दिपेन्द्र शाहकाे गजल यात्रा निरन्तर…

तिमी भित्र जिवन्त आफ्नाेपन राख्न पर्छ ।
आफु हारेर आफ्नाकाे मन राख्न पर्छ ।

म मुग्लान पसेर पसिना बेचेर फर्कन्छु,
पर्ख ए ! ठूली समालेर याैवन राख्न पर्छ ।

महंगी बढेर कात्राे किन्न नसकिने हुन सक्छ,
सिकाउँदै छ समयले सिरानीमा धन राख्न पर्छ ।

जाे जंगल फाँडेर ढडेलाे लगाउँछ भित्र भित्रै,
उहि भन्छ रुख राेप्न पर्छ बन राख्न पर्छ ।

चर्चामा

सम्बन्धित समाचार