शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • दशैँ नजिकिए संगै घर र्फकिनेको लर्को

दशैँ नजिकिए संगै घर र्फकिनेको लर्को

  • शुक्रबार, अशोज ७, २०७९
दशैँ नजिकिए संगै घर र्फकिनेको लर्को

टेक बहादुर बुढा, बाजुरा – दशँै नजिकिए संगै सहर बजार र विदेशबाट घर र्फकिनेको लर्को लाग्ने गरेको छ । दशैँ आउन ९ दिन मात्र बाँकी रहदा आफ्नो कर्म भूमिबाट जन्मभूमिमा फर्किनेहरुको सङख्यामा बृद्धि भएको हो । नेपालका ठुला सहरहरु काठमार्डौ , नेपालगन्ज , पोखरा , धनगढी लगायत अन्य ठाउँबाट दैनिक सयौँको सङख्यामा गाउँतिर फर्किने गरेका सुदुरपश्चिम प्रदेश यातायात विभागले जानकारी दिएको छ ।

गाउँबाट अध्यायन , रोजगारीको े सिलसिलामा सहरतिर गएकाहरु दशँैमा आ-आफ्नो घर फेिकन आउन लागेका हुन । दशैमा घरपरिवारका सम्पूणर् सदस्यहरु संगै जमघट भएर चार्डपर्व मनाउन गाउघर आउनेहरुको सङख्या बढेको यातायात व्यावसायीहरुले बताएका छन । तर दुर्गम जिल्ला बाजुराका गा्रमीण सडकहरु सञ्चालनमा नआउँदा गाउँघर आउनेहरुलाई समस्या भएको छ । जहिले पनि दशैको समयमा सडक अबरुद्ध भईरहदा समेत कसैको ध्यान जाननसकेको भन्दै स्थानिहरुले गुनासो गर्दे आएका छन ।

काठमार्डौबाट घर आउदै गरेका खप्तड छेडेदहका स्थानिय खडक बहादुर बुढाले भने अहिले अछाम र बाजुराको सिमाना सम्म गाडिमा आए अब गाउँजाने सडक नखुलेकाले दिनभरि हिडेर बेलुका घर पुगेको बताए

चर्चामा

सम्बन्धित समाचार