मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • शिक्षा
  • खप्तड छेडेदह गाउँपालिकाका बिद्यालयहरुले विबिध कार्यक्रम गरि मनाए बाल दिवस

खप्तड छेडेदह गाउँपालिकाका बिद्यालयहरुले विबिध कार्यक्रम गरि मनाए बाल दिवस

  • बुधबार, भदौ २९, २०७९
खप्तड छेडेदह गाउँपालिकाका बिद्यालयहरुले विबिध कार्यक्रम गरि मनाए बाल दिवस

टेक बहादुर बुढा– जिल्लाको खप्तड छेडेदह गाउँपालिकाका बिभिन्न बिद्यालयहरुले विबिध कार्यक्रम गरि ५८औ राष्ट्रिय बालदिवस मनाएका छन । गाउँपालिका को वडा नंः ४ मा रहेको खापरदेवस्थली माध्यामिक बिद्यालयले पनि भब्यरुपले बालदिवस मनाइएको बिद्यालयका लेखापाल महेसराज जोशीले बताए ।

उक्त बिद्यालयमा कबिता, बक्तित्वकला प्रतियोगीता र चित्रकलाका साथै विभिन्न कार्यक्रम गरि मनाइएको लेखापाल जोशीले बताएका छन । केहि बिद्यालयमा प्रथम त्रैमासिक परीक्षा सुरु भएकाले बाल दिवस नमनाइएको शिक्षकहरुले बताएका छन । तर बर्षको एक पटक मात्र मनाइने बाल दिवस नमनाइएको भन्दै बिद्यार्थीहरुले दुखेसो गरेका छन । त्यस्तै गाउपालिका स्तरिय बाल संजालले पनि र्‍याली कार्यक्रम गरि बाल दिवस मनाएको छ ।

गाउँपालिकाका विभिन्न बिद्यालयहरुमा परीक्षा सुरु भएकाले औपचारिक कार्यक्रमको आयोजना नगरिएको बाल संजाल समिति अध्यक्ष सनम सुनारले बताएका छन । वडा नंः ५ मा र्‍याली कार्यक्रम मात्र गरिएको अध्यक्ष सुनारले बताए । बालबालिका को हक अधिकार र सर्र्वाङिण बिकासका लागी सधै लागी पर्ने गाउँपालिकाका अध्यक्ष दिल बहादुर रावतले बताएका छन ।

अध्यक्ष रावतले भने आफुले जहिले पनि बालबालिकाका हक अधिकारका बिषयमा आवाज उठाउदै आएको र अहिले जनप्रतिनिधि भइसके पछि पनि अहोरात्र लागी पर्ने प्रतिवद्धता व्यक्त गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार