शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • शिक्षा
  • धनाल्त आधारभूत बिद्यालयमा खानेपानीको समस्या

धनाल्त आधारभूत बिद्यालयमा खानेपानीको समस्या

  • शुक्रबार, भदौ २४, २०७९
धनाल्त आधारभूत बिद्यालयमा खानेपानीको समस्या

टेक बहादुर बुढा/बाजुरा– जिल्लाको खप्तड छेडेदह गाँउपालीका वडा नंः३ धनाल्तमा रहेको धनाल्त आधारभूत बिद्यालयमा खानेपानीको समस्या भएको छ । खानेपानीको ब्यबस्थापन नहुदा बिद्यालयमा खानेपानीको समस्या भएको हो ।
बिद्यालयमा खानेपानी नहँुदा बिद्यार्थीले पिउने पानीका साथै चर्पी गर्न समेत समस्या भएको बिद्यार्थीहरुले बताएका छन । खानेपानीको अभावका कारण बिद्यार्थीले टाढा गएर पानी पिउनु पर्न बाध्यता रहेको बिद्यार्थीहरुको भनाइ रहेको छ । अघिल्लो बर्ष युएसए संस्था द्धारा बालमैत्री धारा बनेपनि धारामा पानि नआएको अभिभावकहरुले बताएका छन । बिद्यालयमा बनेको धारा पनि जिर्ण अबस्था भईसक्दा पनि खानेपानीको मुहानबाटै पानी नआएको स्थानियले बताएका छन ।
स्थानिय योगेन्द्र रावतले भने बिद्यालयमा एक बर्ष देखि पानीको समस्या रहेको बताए । बिद्यालयमा पानी नभएकै कारण बिद्यार्थीको पढाइमा बाधा भएको उनले बताए ।
बिद्यालयमा धारा बनेपनि खानेपानीको ब्यावस्थाापन गर्न नसक्दा समस्या उत्पन्न भएको स्थानिय बिर बहादुर बुढाले बताए । बिद्यालयमा खानेपानीको अभाव भएकाले बिद्यालय ब्यावस्थापन समितिले ध्यान दिनुपर्ने स्थानिय बुढाले बताएका छन ।
यस बिषयमा वडा नंः ३ का वडा अध्यक्ष बिर्क बहादुर रावतले भने खानेपानिको लागी पाइप खरिद गरेर हिँउदको समयमा निर्माण गरी समस्या समाधान गर्ने बताएका छन । बिद्यालयमा पटक पटक खानेपानी तथा भबनको समस्या भएता पनि सरकारले ध्यान दिन नसकेको भन्दै स्थानियले गुनासो गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार