बिहिबार, जेष्ठ ३, २०८१
  • होमपेज
  • देश
  • खप्तड छेडेदह गाउँपालीका ३ मा एक्कासी घर भत्कियाे

खप्तड छेडेदह गाउँपालीका ३ मा एक्कासी घर भत्कियाे

  • मङ्लबार, भदौ २१, २०७९
खप्तड छेडेदह गाउँपालीका ३ मा एक्कासी घर भत्कियाे

टेक बहादुर बुढा  — बाजुराको खप्तड छेडेदह गाउँपालीका वडा न: ३ गुदु गाउँमा एक घर भत्किएको छ । खप्तड छेडेदह ३ मा लालबिरे धामीको घर एक्कासी भत्किएको हो । बर्षाकै पानीले भिजेको र चर्किएको उक्त घरमा धामीका परिवारहरु बस्दै आएका थिए ।

दिउँसो १२ बजेको समय भएकोले गर्दा बालबालिका विद्यालय गएको , पशुचैपाय पनि बाहिर भएकोले मानवीय क्षेति नभएकाे र घरभित्रमा रहेका अन्नपात लत्ताकपडा लगाएत सबै सामानहरुमा क्षति भएकाे स्थानीय बिष्णु धामीले जानकारी दिएका छन ।

उनका परिवार विगत देखि चर्किएको घरमा बस्दै आएका थिए । उनको परिवार बस्ने घर भत्किए पछि उनका परिवारलाई बस्न समस्या भएको पिडित धामीले बताए ।

चर्चामा

सम्बन्धित समाचार