बिहिबार, बैशाख ६, २०८१
  • होमपेज
  • विचित्र संसार
  • प्रहरीले सार्वजनिक गर्‍यो अपराधीको तस्वीर, अनुहार हैन नितम्ब हेरेर पहिचान गर्नुपर्ने

प्रहरीले सार्वजनिक गर्‍यो अपराधीको तस्वीर, अनुहार हैन नितम्ब हेरेर पहिचान गर्नुपर्ने

  • सोमवार, भदौ १३, २०७९
प्रहरीले सार्वजनिक गर्‍यो अपराधीको तस्वीर, अनुहार हैन नितम्ब हेरेर पहिचान गर्नुपर्ने

चोर र पुलिसको सम्बन्ध निकै पूरानो हो । जहाँ चोर हुन्छ, उसको पछाडि पुलिस पनि लागिरहेको हुन्छ । आमरुपमा जब पुलिस आफैले अपराधी पक्रिन सक्दैन, उसले आम जनताको सहयोग लिन्छ । अभियुक्तको विस्तृत विवरण, उसको अनुहार खुल्ने तस्वीर, स्केच आदि सार्वजनिक गरिन्छ ।

मानिसहरुले अभियुक्तको अनुहार हेरेर पहिचान गर्ने र पुलिसलाई सुराकी दिएर सहयोग गर्न सक्दछन् । तर, अनुहार हेरेर मात्रै अभियुक्तको पहिचान गर्ने भन्ने हुँदो रहेनछ ।

हालैको एक घटनामा प्रहरीले एक अभियुक्तको तस्वीर सार्वजनिक गरेको छ, जहाँ मानिसहरुलाई उसको नितम्ब हेरेर उसको पहिचान गर्न भनिएको छ।

बेलायतको वेस्ट मिडल्याड्समा यो घटना भएको हो । गत अगष्ट ११ मा त्यहाँ दुईजना अभियुक्तहरूले एउटा भ्यानबाट सामान चोरेका थिए ।

प्रहरीले हात पारेको सिसिटिभी फुटेजमा चोरी गर्न आएकोमध्ये एकजना अभियुक्तको पाइन्ट केही तल झरेको थियो र पछाडि पटि्टबाट अभियुक्तको नितम्ब देखिएको थियो ।

अभियुक्तको शरीरको अगाडिको भाग सिसिटिभी क्यामरामा कैद भएन र नांगो नितम्बसहितको पछाडिको भाग मात्र देखियो ।

प्रहरीले त्यहीँ नितम्बसहितको अभियुक्तको तस्वीर प्रिन्ट गरेर मानिसहरुलाई बाँडेको छ र अभियुक्तलाई चिनेमा खबर गर्न भनेको छ ।

अहिलेसम्म ती दुई चोरले साठी भन्दा धेरै ठाउँमा चोरी गरेको बताइएको छ । तर उनीहरुलाई पक्राउ गर्न सकिएकेा छैन । उनीहरुको अनुहार अहिलेसम्म सार्वजनिक हुन सकेको छैन ।

अनुहारको साटो नितम्ब हेरेर अभियुक्त पहिचान गर्नका लागि प्रहरीले गरेको अपिल सफल हुने लक्षण देखिएको छैन । मानिसहरुले उल्टै प्रहरीको खिल्ली उडाएका छन् ।

एजेन्सी

चर्चामा

सम्बन्धित समाचार