शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • नेपाल कम्युनिष्ट पार्टी बाजुराद्धारा जिल्लाका बिभिन्न ठाउँमा राकेँ जुलुस

नेपाल कम्युनिष्ट पार्टी बाजुराद्धारा जिल्लाका बिभिन्न ठाउँमा राकेँ जुलुस

  • सोमवार, भदौ ६, २०७९
नेपाल कम्युनिष्ट पार्टी बाजुराद्धारा जिल्लाका बिभिन्न ठाउँमा राकेँ जुलुस

बाजुरा — नेपाल कम्युनिष्ट पार्टी बाजुराले बाजुरा जिल्लाका बिभिन्न ठाउँमा राकेँजुलुस निकालेको छ । अहिलेको गठबन्धन सरकारले गरेको राष्ट्रघाती निणर्यका बिरुद्धमा राकेजुलुस निकालेको हो ।
नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव एण्डीजका अनुसार बाजुराको सदरमुकाम मार्तडी लगायत बिभिन्न ठाउँमा राके जुलुस सहित बजार परिक्रमा गरेको बताएका छन । सदरमुकाम मार्तडी, त्रिबेणी नगरपालिका र जगन्नाथ गाउँपालिकाको पिलुचौरमा राकेजुलुस सहित बिरोध जुलुस निकालेको उनले बताएका छन ।
नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव एण्डीजको हस्ताक्षेरीत पत्रमा  ७ गते बन्दको समेत आह्वन गरेका छन । भोली नेपाल भर नै कार्यक्रम रहेकोले बाजुरामा पनि बन्द गर्ने सो पत्रमा उल्लेख गरेका छन । अहिलेको गठबन्धन सरकारले एमसिसि र एसपिपि जस्ता राष्ट्रघाती निणर्य बिरुद्धमा देशब्यापी बन्दको आह्वन गरिएको नेपाल कम्युनिष्ट पार्टीका सचिव एण्डीजले बताएका छन ।
त्यसै गरी अहिलेको सरकारले जनतालाइ मार पार्ने गरि महगी, कालोबजारी लगायतका सवालहरुका बिरुद्ध देशब्यापी आन्दोलन गर्न लागेको बताए । जसमा ४ ओटा दलहरुको सहभागीता रहने नेपाल कम्युनिष्ट पार्टी बाजुराका सचिव एण्डीजले बताएका छन ।

pdf&rendition=1

चर्चामा

सम्बन्धित समाचार