मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुराका २२ हजार भन्दा बढि बालबालिकालाई फाईजर खोप लगाईदै

बाजुराका २२ हजार भन्दा बढि बालबालिकालाई फाईजर खोप लगाईदै

  • शनिबार, भदौ ४, २०७९
बाजुराका २२ हजार भन्दा बढि बालबालिकालाई फाईजर खोप लगाईदै

बाजुरा — बाजुरा जिल्लाका ९ ओटै स्थानिय तहका २२ हजार ५ सय ३ जना बालबालिकाहरुलाई फाइजर खोप लगाईने भएको छ । ५ बर्ष देखी ११ बर्ष उमेर समुहका बालबालिकाहरुलाई कोरोना बिरुद्धको पहिलो मात्रा फाईजर खोप दिईने भएको हो । नौ ओटा स्थानिय तहमा भदौ ८, ९ र १० गते खोप अभियान संचालन गरिने स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताएका छन ।

जसमा बडिमालिका नगरपालिका ३ हजार ३० बालबालिका, बुढिनन्दा नगरपालिकाका १ हजार ६ सय ८९ र त्रिबेणी नगरपालिकाका ३ हजार ४ सय ८६ बालबालिकाहरुलाई वडामै गएर खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताएका छन ।

त्यसै गरि बुढिगंगा नगरपालिकाका ३ हजार ९ सय ९ बालबालिका, खप्तड छेडेदह गाउँपालिकाका ३ हजार ३ सय ८० बालबालिका, गौमुल गाउँपालिकाका १ हजार ३ सय १० बालबालिका, हिमाली गाउँपालिकाका १ हजार ८ सय ८९ बालबालिका, स्वामिकार्तिक खापर गाउँपालिकाका १ हजार ६ सय ५६ बालबालिका र जगन्नाथ गाउँपालिकाका २ हजार १ सय ५४ बालबालिकालाई खोप लगाउने कार्यक्रम रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

कोरोना महामारी रोकथामका लागि स्वास्थ्य कार्यालय बाजुराले फाईजर खोपको पहिलो मात्रा खोप लगाउने योजना रहेको स्वास्थ्य स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ । सबै स्थानिय तहका वडामा रहेका बिद्यालय र नजिकका स्वास्थ्य संस्थामा फाइजर खोप लगाउने कार्य रहेको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

नगरपालिकामा रहेका ५ बर्षदेखी ११ बर्ष समुहका बालबालिकालाइ फाइजर खोप लगाउन स्वास्थ्य कार्यालय बाजुराले आह्वन गरेको छ ।

चर्चामा

सम्बन्धित समाचार