मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • ३५ दिन भित्र भुमिहिनकाे तथ्याङ्क संकलन गरिसक्नुपर्ने‍ : राष्ट्रिय भुमि आयोग

३५ दिन भित्र भुमिहिनकाे तथ्याङ्क संकलन गरिसक्नुपर्ने‍ : राष्ट्रिय भुमि आयोग

  • शुक्रबार, भदौ ३, २०७९
३५ दिन भित्र भुमिहिनकाे तथ्याङ्क संकलन गरिसक्नुपर्ने‍ : राष्ट्रिय भुमि आयोग

बाजुरा — प्रक्रियामा रहेको,भुमिहिन ,दलित भुमिहिन, सुकुम्वासी,र अव्यवस्थीत बसोबासिको लागत संकल सम्बन्धी ३५ राष्ट्रिय भुमि आयोगमा पठाइसक्नु पर्ने जनाएकाे छ । राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले सदरमुकाम मार्तडीमा पत्रकार सम्मेलन गर्दै पत्रकारहरुलाई जानकारी गराएको हो  । राष्ट्रिय भुमि आयोग जिल्ला समितिमा नयाँ पदाधिकारीहरुको नियुक्ति भएदेखि हाल सम्म आफुले गरेका गतिविधिहरु पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरेकाे समेत गरिएकाे थियाे  ।

साथै बाजुरा भित्रिका भुमिहिन दलित,भुमिहिन सुकुम्वासी र अव्यवस्थित रूपमा बासेबास गर्दै आएका जनताले सूचना प्रकाशन भएकाे ३५ दिन भित्र फारम भरेर नजिककाे वडाकार्यालयमा पेश गरिसक्न हुन राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले अनुराेध गरेकाे छ ।

राष्ट्रिय भुमि आयोग जिल्ला समिति बाजुराका अध्यक्ष जनक राेकायाकाे अध्यक्षतामा स‌चालन भएकाे साे पत्रकार सम्मेलनमा  हाल सम्म भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले गरेको विभिन्न गतिविधिहरुको बारेमा अध्यक्ष राेकाया र राष्ट्रिय भुमि आयोग जिल्ला समिति बाजुराका भुमी बिज्ञ निमेन्द्र शाहीले जानकारी गराएका थिए ।

राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले जिल्लाका ९ वटै पालिकामा सम्झौता गर्ने काम सम्पन्न गरेको,जिल्लाका ५ वटा पालिकाहरुको राष्ट्रिय भुमि आयोग डोटी कार्यालयमा सम्झौता र जिल्लाका ४ वटा पालिकाको काठमाण्डौँ कार्यालयमा सम्झौता गरेको भुमि आयोग बाजुराका बिज्ञ निमेन्द्र शाहीले बताएका छन । जिल्लाका ५ पालिकामा सम्झौता हस्तान्तरण भईसकेको छ भने ४ पालिकामा सम्झौता हस्तान्तरण हुन बाँकी रहेको बिज्ञ शाहीले पत्रकार सम्मेलन मार्फत बताएका छन ।

त्यस्तै पुराना आयोगले भरेका फारमहरु ४९ वटाको विवरण भिडाउन मालपोत कार्यालय बाजुरामा पुगाइएको तर कुनै पनि विवरण नभेटिएको, जिल्लाका ९ पालिका मध्ये २ पालिकामा सहजिकरण समिति गठन भएको जनाएकाे छ ।  बाँकी अन्य पालिकाकाे प्रक्रियामा रहेको,भुमिहिन ,दलित भुमिहिन, सुकुम्वासी,र अव्यवस्थीत बसोबासिको लागत संकल सम्बन्धी ३५ दिने सूचना जारी गरिएको, सहजिकरण समिति गठन नगरिएका पालिकामा पटपटक पत्राचार भइरहेको लगाएतका गतिबिधिहरु गरेको राष्ट्रिय भुमि आयोग जिल्ला कार्यसमिति बाजुराले पत्रकार सम्मेलन मार्फत जानकारी गराएकाे छ ।

 

चर्चामा

सम्बन्धित समाचार