शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बडिमालिका
  • बाजुरा पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

बाजुरा पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

  • सोमवार, साउन ३०, २०७९
बाजुरा पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

बाजुरा — बाजुरा जिल्लालाई पुर्ण खोप सुनिश्चितता जिल्ला घोषणा भएको छ । स्थानिय स्वामित्व र सहभागिता, पुर्ण खोप सुनिश्चित हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ बाजुरालाई सोमबार एक कार्यक्रममा बिच पुर्ण खोप सुनिश्चितता जिल्ला घोषाणा गरिएको हो ।
जिल्ला खोप समन्वय समितिको आयोजनामा एक औपचारीक कार्यक्रमका बिच सोमबार पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका कार्यालय प्रमुख महेश चन्दले बताएका छन ।
बाजुराका ९ वटा पालिकाका ६९ वटै वडाहरूमा कोहि पनि खोप लगाउन बाट बन्चित नभई सवैले पाउनु पर्ने खोप नियमित पाएपछि जिल्ला लाई पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय प्रमुख चन्दले बताए । बाजुरालाई सुदुर पश्चिम प्रदेशको ९ औँ स्थान र देशभरका जिल्लाहरुमा २२ औँ जिल्लाको रुपमा पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गरिएको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख चन्दले बताए ।

पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा कार्यक्रममा जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुल्सीराम रोकायाको अध्यक्षतामा संचालन गरिएको थियो । कार्यक्रममा बिषिष्ठ अतिथिको रुपमा बडिमालिका नगरपालिकाका नगर प्रमुख अमर बहादुर खड्का बुढिगंगा नगरपालिकाकी नगर उप प्रमुख माया कुमारी खड्का कुँवर, गौमुल गाउँपालिकाकी उपाअध्यक्ष सिता थापा, त्रिबेणी नगरपालिकाका कार्यबाहक नगर प्रमुख र प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द अधिकारी रहेका थिए ।
स्वास्थ्य कार्यालय बाजुराका कम्पुटर अपरेटर प्रशान्तराज जोशीले संचालन गरेको कार्यक्रमको स्वागत स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेस चन्दले गरेका थिए । कार्यक्रममा जिल्लाका ९ ओटै स्थानिय तहका जनप्रतिनिधी पालिकाका स्वास्थ्य शाखा प्रमुख जिल्ला स्थित सरकारी तथा गैर सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधीहरु र पत्रकारहरुकाे सहभागीता रहेको थियो ।
कार्यक्रममा पुर्ण खोप सुनिश्चित जिल्ला घोषाणा गर्न सहयोग गरेको भन्दै ९ ओटै स्थानिय तहलाई सम्मान पत्र समेत बितरण गरिएको थियो । सो अभियानलाई सबैभन्दा धेरै काम गर्ने स्थानिय तहका स्वास्थ्य शाखाका प्रमुखहरुलाई समेत सम्मान गरिएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार