• होमपेज
  • समाज
  • नेपाली सेनाद्धारा बडिमालिकाको त्रिवेणीमा स्वास्थ्य शिबिर सम्पन्न

नेपाली सेनाद्धारा बडिमालिकाको त्रिवेणीमा स्वास्थ्य शिबिर सम्पन्न

आपत्तकालिन उद्धारका लागि हेलिकप्टर तयारी अबस्था

  • शनिबार, साउन २८, २०७९
नेपाली सेनाद्धारा बडिमालिकाको त्रिवेणीमा स्वास्थ्य शिबिर सम्पन्न

बाजुरा–नेपाली सेनाले धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको त्रिवेणीमा स्वास्थ्य शिबिर सम्पन्न गरेको छ । जनैपुर्णिमा मेलाको अवसरमा आउने भक्तजनहरुलाइ स्वास्थ्य समस्या तथा बिरामी पर्ने सम्भाबनालाइ मध्यनजर गर्दै स्वास्थ्य शिबिर सञ्चालन गरेको नेपालि सेनाले वताएको छ ।
साउन २५ र २६ गते दुर्गाभञ्जन गुल्म मार्तडी बाजुरा र श्री नं. ५ फिल्ड एम्बुलेन्स गुल्मबाट डाक्टर सहित १८ जना मेडिकल टिमले स्वास्थ्य शिबिर सम्पन्न गरेको नेपालि सेनाका मेजर दिवाकर खडकाले वताएका छन् । स्वास्थ्य शिबिर बाट ५ सय ९१ जनाले स्वास्थ्य सेवा लिएका छन् । २ सय ९९ जना पुरुष र २ सय ९२ जना महिलाले स्वास्थ्य परिक्षण तथा परामर्श सेवा लिएका थिए ।
सेनाले स्वास्थ्य शिबिर सँगै कसैलाइ उद्धार गनुपर्ने अबस्था परेमा सेनाको हलिकप्टर पनि तयारी अबस्था राखेको थियो । बिगतका बर्षमा स्वास्थ्य समस्या भएर कसैलाई बोकेर ल्याउनुपर्ने तथा हेलिकप्टर बाट उद्धार गनुपर्ने अबस्था रहदै आएको थियो । कसैलाई आपत्तकालिन उद्धार गर्नुपरेमा हेलिकप्टर बाट उद्धार गर्नका लागि दुर्गाभञ्जन गुल्म मार्तडी बाजुरामा हेलिकप्टर तयारी अबस्था राखेको सेनाले वताएको थियो ।
बिगतमा बर्षमा धेरैलाई लेक लाग्न, श्वासप्रश्वासमा समस्या हुने गरेको थियो । यो बर्ष सेनाले चिकित्सक सहितको स्वास्थ्य शिबिर सञ्चालन भएपछि निकै सहज भएको बुढिगंगा नगरपालिका नगरप्रमुख राम बहादुर बानियाँले बताएका छन् । स्वास्थ्य समस्या भइ उद्धार गर्नुपर्ने अबस्थाका बिरामीलाई सेनाले शिबिरमा उपचार गरेर सञ्चो पारेको बानियाँले वताए । नेपाली सेनाले जनैपुर्णिमा मेलाको अवसर पारेर बडिमालिका क्षेत्रमा पहिलो पटक स्वास्थ्य शिबिर सञ्चालन गरेको हो ।
बिगतका बर्ष भन्दा यो बर्ष धेरै पर्यटकले दर्शन तथा बडिमालिका क्षेत्रको भम्रण गरेका छन् । कोरानाको २ बर्षमा केही कम भएपनि यो बर्ष भने उल्लेखनिय मात्रामा संख्या बढेका बडिमालिका मन्दिरका पुजारी भानुभक्त उपाध्यायले वताएका छन् ।
देशकै चर्चीत धार्मिक तथा पर्यटकिय महत्व बोकेको बडिमालिका समुन्द्री सतहबाट ४ हजार २ सय १९ मिटर उचाइमा रहेको छ । बडीमालीका सौन्दर्यका हिसाबले मात्रै नभई धार्मिक हिसावले पनि महत्वपूर्ण मानिन्छ । नेपालका चार धार्मिक धाम मध्ये बडिमालिका एक धामका रुपमा परिचित रहेको छ ।
बडिमालिका क्षेत्र धार्मिक मात्र नभई जैविक विभिधता, बन्यजन्तु, जडिवुटी, तथा वाताबरणीय दृष्टीकोणले विषेश महत्व रहेको छ । पर्यटकिय सम्भाबना बोकेका २२ पाटन्, त्रिबेणि, नाटेश्वरी बडिमालिकाका धरोहरका रुपमा परिचित रहेका छन् ।

चर्चामा

सम्बन्धित समाचार