मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • बडिमालिका
  • प्रेस चौतारी नेपालको ऐतिहासिक बैठक बडिमालिकामा

प्रेस चौतारी नेपालको ऐतिहासिक बैठक बडिमालिकामा

  • शनिबार, साउन २८, २०७९
प्रेस चौतारी नेपालको ऐतिहासिक बैठक बडिमालिकामा

बाजुरा — धार्मिक आस्थाको धरोहर धर्तिको स्वर्ग बडिमालिका क्षेत्रको प्रर्बद्धन तथा प्रचार प्रसारका लागि प्रेस चौतारी नेपाल बाजुरा शाखाले बडिमालिकाको त्रिबेणीमा ऐतिहासिक बैठक सम्पन्न गरेको छ ।
प्रेस चौतारी नेपाल बाजुरा शाखाको आयोजना तथा सुदुरपश्चिम प्रदेशको समन्वयमा बडिमालिकाको त्रिबेणी पाटनमा साउन २४ गते बैठक  सम्पन्न गरेकाे प्रेस चौतारी बाजुराका प्रदेश कमिटि सदस्य पदमबहादुर सिहंले बताएका छन ।
प्रेस चौतारी बाजुराका उपाअध्यक्ष मदन बिकको अध्यक्षतामा भएको ऐतिहासिक बैठकका प्रमुख अतिथि नेकपा एमाले बाजुराका सचिवालय सदस्य तथा बुढिगंगा नगरपालिकाका नगर प्रमुख राम बहादुर बानियाँ रहेका थिए । प्रेस चौतारी नेपाल सुदुपश्चिम प्रदेश कमिटि सदस्य पदम सिहंले संचालन गरेको कार्यक्रमका बिषिष्ठ अतिथि बुढिगंगा नगरपालिका उप प्रमुख माया कुमारी खड्का कुवर रहेकी थिईन । कार्यक्रममा अतिथिको रुपमा प्रेस चौतारी नेपालका पुर्व केन्द्रीय सदस्य तथा नेकपा एमाले अछामका जिल्ला कमिटि सदस्य पुष्पराज भट्ट, प्रेस चौतारीका सुदुर पश्चिम प्रदेश कमिटि अध्यक्ष कृष्ण ओली लगायतको उपस्थिती रहेको थियो । बैठकमा प्रेस चाैतारी बाजुरा कमिटि र प्रदेश कमिटिका पदाधिकारिहरुकाे उपु्थिति रहेकाे थियाे ।
बडिमालिकाको त्रिबेणी धाममा बसेको बैठकले ३ बुदे घोषणा पत्र समेत जारी गरेको प्रेस चौतारी बाजुराका उपाअध्यक्ष मदन बिकले बताएका छन । बैठकबाट गरिएको घोषणा पत्रमा बडीमालिका क्षेत्रलाइै संरक्षित क्षेत्रको रुपमा विकास गर्न सम्बन्धी निकायसँग माग गर्ने । बडीमालिका क्षेत्रमा जान भक्तजन र दर्शनार्थीहरुको सहजताका लागि संरचना निर्माण र सहजताका लागि सम्बन्धीत पालिकासँग अनुरोध गर्ने ।
बडीमालिका क्षेत्रलाई धार्मीक पर्यटन क्षेत्रका गन्तव्यका रुपमा विकास गर्न प्रचार प्रसार कार्यलाई व्यापक बनाउने लगायतको घोषणा पत्रमा उल्लेख गरिएको छ ।
प्रमुख अतिथि समेत रहका बुढिगंगा नगरपालिकाका नगर प्रमुख बानियाले बडिमालिकाको प्रचार प्रशार तथा संरक्षणका लागि जिल्लाका सबै स्थानिय तहहरुसंग समन्वयात्मक भुमिका निर्बाह गर्न प्रतिबद्धता जनाएका छन । यसको समन्वयका लागि आफु कटिबद्ध भएर लाग्नु पर्ने बताए । सुदुर पश्चिमकै धरोहरको रुपमा रहेको बमिडमालिका परिसरमा प्रेस चौतारी बाजुराले गरेको यो ऐतिहासीक बैठकले बडिमालिका क्षेत्रको बिकास र प्रचार प्रशारमा ठुलो योगदान पुग्ने बताएका छन ।
बडिमालिकाको बिकास र प्रचारको लागि कुनै निश्चित स्थानिय तहको जिम्मेबारी भन्दा पनि बाजुरा जिल्लाले नै भूमीका निर्बामा लाग्नु पर्ने बताए ।
यो पटकको यात्राले बडिमालिकाको बिकास र प्रचारको लागि थप जिम्मेबार बनाएको महसुर गरेको बताए । आफु यात्राबाट फकेर जिल्लाका सबै स्थानिय तहसंग समन्वय गरेर समन्वययत्मका बैठकको आयोजना गरेर बडिमालिकाको बिकास र प्रचारको लागि छलफल मार्फत अगाडी बढ्नु पर्ने बताए । त्यसमा आफु अग्रसर भएकार लाग्ने पनि बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार