सोमवार, बैशाख १७, २०८१
  • होमपेज
  • समाज
  • पाँच बर्ष देखी बाजुराकी जलुदेवी र ५ बर्षको छोरा ओडारमा बास, प्रहरी द्धारा उद्धार

पाँच बर्ष देखी बाजुराकी जलुदेवी र ५ बर्षको छोरा ओडारमा बास, प्रहरी द्धारा उद्धार

  • शनिबार, साउन २८, २०७९
पाँच बर्ष देखी बाजुराकी जलुदेवी र ५ बर्षको छोरा ओडारमा बास, प्रहरी द्धारा उद्धार

बाजुरा–खप्तड छेडेदह गाउँपालिका १ लुगेनाकी ५५ बर्षिय जलु बुढा ५ बर्ष देखी एक छोरा ओडारमा बस्दै आएकि छन् । उनको ६ बर्षको छोरा मिन बुढा सहित उनि ओडार बस्दै आएको प्रहरीले जनाएको छ ।
आमा र छोरा ओडारमा बस्दै आएको जानकारी पाएपछि स्थानिय काँडा प्रहरी चौकीले शुक्रवार उद्धार गरेर काडा स्वास्थ्य चौकीमा राखेका छन् । ओडारमा बस्दै आएका आमा र छोरा दुबै कुपोषीत रहेका छन् । भाने बुढाले जेठी श्रीमतीबाट छोरा नजन्मिएपछि जलुदेवीसँग बझाङ्ग बाट बिहे गरेका थिए । जलुदेवीका तीन छोरा छन् । जेठा छोरा १८ बर्षका चक्र बुढा भारत गएका छन् । १२ बर्षका छोरा कुशल बुढा बुवासँग घरमै बस्दै आएका छन् । ६ वर्षीय कान्छा छोरा मीन जलुदेवीसँग ओडारमा बस्दै आएका छन् ।
जलुले ओडारमा पानी घट्टबाट संकलन गरेर ल्याएको पिठोको खोले पकाएर आफू र छोराको पेट भरेर गुजारा गर्दै आएकी थिईन् । खानेकुरा र लत्ताकपडाको समेत उनीसँग अभाव रहेको थियो । श्रीमानले घर लैजान खोज्दा पनि ती महिला घर गएकी छैनन् । घरभन्दा ओडार करिव ४०–५० मिटर मात्रै टाढा छ । जेठी श्रीमतीसँग मिलन नभएको र आफूसँग कहिलेकाँही झगडा पर्ने हुँदा उनी घर नगएको उनका श्रीमान भानेले बताएका छन् ।
भाने बुढाले घरमा मिलाएर राख्नै नसकेपछि कान्छी श्रीमती जलुदेवीका लागि अलग्गै घर बनाइ दिएका थिए । तर, उनी त्यो घरमा आगो लगाएर ओडारमै बसेकी हुन् । उनको मानसिक अवस्था सामान्य नभएको हुँदा उनलाई घर लैजानै मुस्किल हुने गरेको भाने बुढाले वताएका छन् ।
खप्तड छेडेदह गाउँपालिकाले जलुदेवीको उद्धारका लागि कोसिस गरेको भए पनि सुरुमा उनी मानेकी थिइनन् । तर, प्रहरी र जनप्रतिनिधिसहितको टोलीले उनलाई सम्झाएपछि उनी स्वास्थ्य चौकी जान तयार भइन् । खप्तड छेडेदह गाउँपालिकाले जलुदेवी र बच्चाको सुरक्षाको जिम्मा लिने बताएको छ ।

खप्तड छेडेदह गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष वीरबहादुर रावलले जलुदेवीलाई गाउँपालिकाले सहयोग गर्ने बताएका छन् । ओडारमा जंगली जनावरका साथै अन्य कुराको पनि असुरक्षा नहुने हुँदा उनलाई गाउँपालिकाले नै सहयोग गर्ने उनले बताएका छन् ।
जलुलाई घरकाले केही खानेकुरा दिने वताएपनि उनि खान नमान्ने गरेको स्थानियले वताए । आफुलाइ बिष हालेर मार्नलाई दिएको होला भनेर उनि खान नमान्ने गरेको एक स्थानियले वताए । राम्रो सँग खान नपाएपछि आमा र छोरा दुबै कुपोषित रहेको स्वास्थ्यकर्मीले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार