शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • समाज
  • छेडेदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड तोडफोड

छेडेदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड तोडफोड

  • बिहिबार, साउन २६, २०७९
छेडेदह बचत तथा ऋण सहकारी संस्था लिमिटेड तोडफोड

टेक बहादुर बुढा — जिल्लाको खप्तड छेडेदह गाउपालिका वडा नं ४ स्थित छेडेदह बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा अज्ञात समूहले तोडफोड गरेको छ । बुधबार राती अज्ञात समूहले तोडफोड गरेको सहकारीले जनाएकाे छ  । बिहान कर्मचारीले अपिस खोल्ने समयमा थाहा भएको बताईएको छ ।
उक्त कार्यालयको ताला र केही कुर्सीमा क्षति भएको स्थानीयले बताए । अन्य सामानमा भने केही क्षति नभएको बताइएको छ । उक्त घटनाको सत्य तथ्य कुरा निश्पक्ष रुपमा बाहिर आई दोषी काई कडा कारबाही हुनुपर्ने स्थानीयको माग रहेको छ ।
खप्तड छेडेदह गाउपालिका वडा नं ४का वडा अध्यक्ष दल बहादुर धामीले भने उक्त घटनाको छानबिन गरी कडा कारबाही गर्न बताएका छन । अहिले वडाका जनप्रतिनिधि र प्रहरीको उपस्थितिमा छलफल भएकाे जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार