गजल!

  • शुक्रबार, साउन २०, २०७९
गजल!

मर्छन र अपहेलित हुन्छन उनैको घर हुँदैन,
सरकारलाई किन नागरिकको खबर हुँदैन।

जनताले जिताए बिदेशको सरणमा पुग्यो,
त्यसैले त सरकारलाई कसै सँग डर हुँदैन।

अब भ्युटावरमा चडी हेर्छन खेत बारीलाई,
नेताहरू लाई किन किसानको कदर हुँदैन।

समयमा न मल आयो न बिउ न छ सिंचाई,
आकासको समेत उस्तै सधैभरी भर हुँदैन।

दिनै भरी बिधुत आएन रातभरी कट उस्तै,
किसनले नहेरेको त कुनै दिन सगर हुँदैन।

भ्रष्टचार बढ्यो नी महंगीले आकास छोयो,
बिचिल्ली देशमा सरकारलाई असर हुँदैन।

सुरेशकुमार पान्डे।
दाङ घोराही उपमहानिर पालिका १८

चर्चामा

सम्बन्धित समाचार